१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भीमदत्त नगरपालिका देशभरमै उत्कृष्ट

नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ।

‘इतिहासकै उत्कृष्ट पुनरागमन’

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले मंगलबार अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा हात पारेको जितलाई इतिहासकै ठूलो पुनरागमनका रूपमा चित्रित गर्दै आफ्ना खेलाडीको समेत तारिफ गरेका छन्।

क्यानोनिङमा रमाउँदै युवा (फोटो फिचर)

पछिल्लो समय युवाहरुमा बढी घुम्ने मोह जागेको छ। अधिकांश घुमेको ठाउँ हुने हुँदा केहि नयाँ गरौ भन्ने सोच हुन्छ नै। यस्तै केहि साहसिक एवम् नयाँ गरौ भन्नेको लागि पोखरादेखि २० किलोमिटरको दूरीमा रहेको पोखरा क्यानोनिङ उत्कृष्ट गन्तव्य बन्न सक्छ। २०१४ देखि संचालनमा आएको पोखरा क्यानोनिङले बिस्तारै पर्यटक तानिरहेको छ। पर्यटकीय गन्तव्य मर्दि हिमालको पदयात्रामा रहेको उक्त क्यानोनिङ अनुभविको लागि ७५ मिटरको उचाइ रहेको छ भने अन्यको लागि ४५ मिटरको उचाइमा रहेको छ। झरनामा डोरीको सहायताले भिरमा झर्नु निकै मनमोहक देखिन्छ। साहसिक खेलसंगै मर्दि पदयात्रा, पर्यटकीय होमस्टे ल्वाङ र घलेल कास्कीमा रहेको चिया बगान समेत हेर्न पाइन्छ। विभिन्न किसिमका रोचक गतिविधि गर्न सके पर्यटन तथा व्यसाय बढ्ने पोखरा क्यानोनिङका संचालक राम गुरुङले जानकारी दिए। कास्कीमा रहेर निरन्तर संचालन हुने र एक व्यक्तिमात्र भएपनि क्यानोनिङ गर्न पाउने पोखरा क्यानोनिङमात्र रहेको संचालक गुरुङले जानकारी दिए।

पारस दशककै उत्कृष्ट खेलाडीमा मनोनयन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एसोसिएटतर्फ दशकका उत्कृष्ट पुरुष खेलाडी अवार्डको मनोनयनमा परेका छन्।

प्रदेशकै उत्कृष्ट बन्यो ताप्लेजुङ अस्पताल

प्रदेश १ का १४ जिल्लाका अस्पतालहरुमा ताप्लेजुङ अस्पताल उत्कृष्ट बनेको छ। ३ वटा बिधाहरुलाई आधार मानेर कूल ७ सय ६० अंकको कार्य सम्पादन मूल्याङ्कनमा ताप्लेजुङ अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरी प्रदेशभरमा उत्कृष्ट बन्न सफल भएको हो।

धिमाल र गौतम उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मी क्लबकी रिना धिमाल र काभ्रेका युनिस गौतमलाई नेपाल आइटिएफ तेक्वान्दो महासंघले वर्ष–२०१९ का उत्कृष्ट खेलाडी घोषणा गरेको छ।

रुपन्देहीमा महिनापिच्छे उत्कृष्ट प्रहरी अवार्ड

रुपन्देही जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि असईसम्मका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले महिनापिच्छे पुरस्कृत गर्दै आएको छ। प्रहरी उपरिक्षक हेमकुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्याङ्कन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिन लागिएको हो।

‘प्यारासाइट’ लाई अस्कर दिएकोमा ट्रम्पको आपत्ति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ लाई यस वर्षको अस्करमा उत्कृष्ट फिल्म घोषणा गरेकोमा आपत्ति जनाएका छन्। कोलोराडोमा आयोजना भएको -यालीलाई सम्बोधन गर्दै उनले यस वर्षको अस्कर अवार्ड सबैभन्दा खराब रहेको जनाएका थिए।

उत्कृष्ट धिमेबाजा टोली पुरस्कृत

भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर जिल्लाव्यापी धिमेबाजा प्रतियोगिताका उत्कृष्ट धिमेबाजा टोली पुरस्कृत भएका छन्। दुईदिने धिमे बाजा प्रतियोगिता–२०७६ को अन्तिम दिन आइतबार भक्तपुरको दतात्रयमा एक खुल्ला कार्यक्रम गरी उत्कृष्ट बाजा टोलीहरुलाई विशेष कार्यक्रमबीच पुरस्कृत गरिएको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उत्कृष्ट टोलीहरुलाई नगदसहित पुरस्कार तथा धिमे बाजा बजाउन चाहिने बाजा सामाग्रीहरु वितरण गरेका थिए।

नोभेसको तस्बिर उत्कृष्ट

पिजे क्लबद्वारा आयोजित नेपाल फोटो कन्टेस्ट २०७६ अन्तर्गत फोटो अफ दी इयरको पुरस्कार नोभेस चित्रकारले प्राप्त गरेका छन्।

ख्वपका उत्कृष्ट विद्यार्थी पुरस्कृत

भक्तपुरको देकोचास्थित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवका उत्कृष्ट विद्यार्थीहरु पुरस्कृत भएका छन्। कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र र कानुन संकायमा दश जोड दुईदेखि स्नातकोतर तहसम्मका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका हुन्।

अपूरो तयारीमा उत्कृष्ट अपेक्षा

अहिलेसम्म गतिलो तयारी केही देखिन्न। अब गरिने तयारीले २०२० को उपलब्धी हासिल गर्न कठिन छ, बरु सन २०२१ लाई फाइदा पुग्छ।

मिथुनले खिचेको फोटोे उत्कृष्ट

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आयोजित ‘सुन्दर नेपाल खुसी नेपाली’ प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको पाल्पामा दशैंका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको फोटो उत्कृष्ट घोषित भएका छन्।

किम्फमा ‘पियानो टु जंस्कर’ उत्कृष्ट

पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा माइकल सुलिमाको ‘पियानो टु जंस्कर’ उत्कृष्ट घोषित भएको छ।

उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त

मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमणमा रहेको जापान फुटबल लिग टोलीले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्