coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

प्रदेशकै उत्कृष्ट बन्यो ताप्लेजुङ अस्पताल

प्रदेश १ का १४ जिल्लाका अस्पतालहरुमा ताप्लेजुङ अस्पताल उत्कृष्ट बनेको छ। ३ वटा बिधाहरुलाई आधार मानेर कूल ७ सय ६० अंकको कार्य सम्पादन मूल्याङ्कनमा ताप्लेजुङ अस्पतालले ७५ प्रतिशत अंक प्राप्त गरी प्रदेशभरमा उत्कृष्ट बन्न सफल भएको हो।  

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार आर्थिक वर्ष २०७६/०७७ को प्रदेश स्तरीय बार्षिक समिक्षा कार्यक्रममा प्रदेशभरका अस्पताल मध्ये ताप्लेजुङ अस्पताल उत्कृष्ट बनेको हो। लामाका अनुसार प्रशासन व्यवस्थापन, क्लिनिकल सर्भिस अर्थात् उपचार सेवा प्रवाह(शल्यक्रिया, सुत्केरीसहित) र सपोर्ट सर्भिस अर्थात् सरसफाइ, फोहोरमैला व्यवस्थापन, बिरामी कक्ष र शैयाको व्यवस्थापन, सुइजन्य सामग्रीको उचित सफाइ लगायतका आधार मान्दा ताप्लेजुङ जिल्ला अस्पतालको कार्य सम्पादन प्रदेशभरीमै उत्कृष्ट बनेको हो।  

सफलताको श्रेय अस्पताल परिवार, अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति, नेपाल मेडिकल सर्पोट जर्मनी लगायतका सरोकारवाला रहेको अस्पतालले प्रष्ट्याएको छ। नेपाल मेडिकल सपोर्ट जर्मनीको सहयोगमा ताप्लेजुङ विकास मञ्चमार्फत ताप्लेजुङ अस्पतालको जीर्ण संरचना मर्मत सम्भार, खानेपानी तथा शौचालय व्यवस्थापन, नाली ब्यवस्थापन, अस्पतालमा नयाँ जस्तापाता फेर्ने, र अस्पतालमा टायल लगाउने जस्ता कार्य गरेर अस्पतालको बाहिरी आवरण नयाँ बनाउन सहयोग गरेको थियो। उसले अस्पतालाई बिभिन्न स्वास्थ्य उपकरण समेत सहयोग गर्ने बताउँदै आएको छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App