४ वैशाख २०८१ मंगलबार
समाज

नोभेसको तस्बिर उत्कृष्ट

काठमाडाैं – पिजे क्लबद्वारा आयोजित नेपाल फोटो कन्टेस्ट २०७६ अन्तर्गत फोटो अफ दी इयरको पुरस्कार नोभेस चित्रकारले प्राप्त गरेका छन्। रौतहटमा हाइड्रोफेलासिस रोग लागेर टाउको ठूलो हुने समस्या देखिएका एक बालकको तस्बिरले यस वर्षको फोटो अफ दी इयर उपाधि जितेको हो।

पिजे क्लबले हरेक वर्ष आयोजना गर्ने फोटो कन्टेस्टमा यसपटक दैनिक जीवन, सिटी एक्सप्रेस, नेचर एन्ड वाइल्ड लाइफ, स्पोटर्स, नेपाल स्माइल, फोटो स्टोरी, न्युजजस्ता विधामा प्रतिस्पर्धा भएको थियो। हरेक विधामा उत्कृष्ट तीन फोटा पत्रकारलाई पुरस्कृत गरिएको छ। शुक्रबार आयोजित एक कार्यक्रममा विजेतालाई पुरस्कार प्रदान गर्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भने, ‘प्रतिस्पर्धामा सहभागी तस्बिरमार्फत नेपाली समाजका विविध पक्ष उजागर भएका छन्। हरेकको हेर्ने दृष्टिकोण फरक हुन सक्छ, त्यसलाई सम्मान गर्नुपर्छ।’ पिजे क्लबका अध्यक्ष विकास कार्कीले नेपालको फोटो पत्रकारिताले विभिन्न उतारचढावको सामना गरेको बताए।

प्रकाशित: २५ माघ २०७६ ०२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App