९ असार २०८१ आइतबार
image/svg+xml
कला

उत्कृष्ट धिमेबाजा टोली पुरस्कृत

भक्तपुर- भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर जिल्लाव्यापी धिमेबाजा प्रतियोगिताका उत्कृष्ट धिमेबाजा टोली पुरस्कृत भएका छन्। दुईदिने धिमे बाजा प्रतियोगिता–२०७६ को अन्तिम दिन आइतबार भक्तपुरको दतात्रयमा एक खुल्ला कार्यक्रम गरी उत्कृष्ट बाजा टोलीहरुलाई विशेष कार्यक्रमबीच पुरस्कृत गरिएको हो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले उत्कृष्ट टोलीहरुलाई नगदसहित पुरस्कार तथा धिमे बाजा बजाउन चाहिने बाजा सामाग्रीहरु वितरण गरेका थिए।

प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद ३० हजार, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय टोलीलाई नगद २५ हजार, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय टोलीलाई नगद २० हजार, धिमे १ थान, सिछ्या १ जोडी प्रदान गरिएको थियो। साथै सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद १० दस हजार, धिमे १ थान प्रत्येक टोलीलाई प्रदान गरिएको थियो। प्रतियोगितामा न्हुज धिमे खल कमलविनायक प्रथम, ख्वप धिमे खला द्धितीय र श्री गणेश दाफा भजन समूह छािलंग भक्तपुर तृतीय भए।

प्रतियोगितामा भक्तपुर जिल्लाभरीबाट ७७ वटा बाजा समूहको सहभागिता रहेको थियो। प्रतियोगितामा भक्तपुर नगरपालिकाबाट–६०, चाँगुनारायण नगरपालिका क्षेत्रबाट–१३, सूर्यविनायक नगरपालिका क्षेत्रबाट–२ र मध्यपुर थिमी नगरपालिका क्षेत्रबाट–२ गरी ७७ बाजा समूह टोलीले सहभागिता जनाएका थिए।

यसअघि दुवै दिन प्रतिस्पर्धीहरुलाई बाजा बजाएर नगर परिक्रमा गराउन लगाइएको थियो। भक्तपुर नगरको पश्चिममा रहेको दूधपाटी इनागबाट बजा बजाउन लगाएर भार्वाचो–तेखापुखु–बंशगोपाल–नासमना–बुल्चा–टौमढी–क्वाछें–साकोठा–सुकुलढोका–गोल्मढी–इनाचो हुँदै दत्तात्रयसम्म पयाइएको थियो। पहिलो दिन ४० वटा बाजा समूहले र दोस्रो दिन ३७ वटा समूहले बाजा बजाएर नगर परिक्रमा गराइएको थियो। नगर परिक्रमा गराउने क्रममै मूल्यांकनकर्ताहरुले विभिन्न ठाउँहरुमा बसेर स्थलगत मूल्यांकन गरेका थिए।

 

प्रकाशित: २६ माघ २०७६ १३:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App