५ आश्विन २०८१ शनिबार
image/svg+xml

अझै खुलेन कर्णाली करिडोर

कालिकोटका पाँच वटा पालिकासहित बाजुराको कोल्टी, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली कोरिडोरमा गाडी नचल्दा यात्रु पिठ्युमा भारी बोकेर पैदल हिँड्न बाध्य छन्।

आकाशिँदो मूल्यले हिमाली जिल्लाका उपभोक्ता मर्कामा

'खाना पकाउने ग्यासको मूल्य तीन हजार रुपैयाँ पुगेको छ भने खाने तेल प्रतिपोका १६० रुपैयाँ पुर्‍याइएको छ', उनले भने, 'बजारमा उपभोग्य वस्तु छोइसक्नु अवस्थाका छैनन्। पहिले ५० रुपैयाँ पर्ने माला अहिले २०० रुपैयाँ पर्छ।' मूल्य तेब्बरले बढेको उनले बताए।

कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोट –जुम्ला सडकखण्ड खुलेको छ।

कर्णालीका करिब ३ सय मतदानस्थल अतिसंवेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभार प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन्। जिल्लाका निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल कालीकोटमा रहेका छन्।

कर्णाली राजमार्गकाे पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ। जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

कर्णालीमा पहिरोले अहिलेसम्मकै बढी क्षति

असोज १९ गते सुरु भएको वर्षाले सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भयो। कालिकोटको तिलागुफा नगरपालिकामा मात्र १९ जनाले ज्यान गुमाए भने जिल्लाका अन्य ठाउँमा ५ जनाको मृत्यु भयो।

कर्णाली राजमार्ग खुलाउन सकस

राजमार्गको दैलेख खण्ड खुलेपनि कालिकोटदेखि जुम्लासम्म ठूलोठूलो पहिरोले अवरुद्ध छ। सरकारले कर्णाली राजमार्ग खुलाउन हवाई मार्गबाट इन्धन नलगे खुल्न महिनौं दिन लाग्छ।

कर्णालीमा देखिएको हवाई उडान समस्या तत्काल समाधान गर्न सरकारसँग माग

कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ भेटगरी सो माग गरेको हो।

कर्णाली र कोसी कोरिडोरको ट्रयाक खन्ने काम अझै सकिएन

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत उत्तरदक्षिण लोकमार्ग अन्तर्गतका कर्णाली कोरिडोर र कोसी कोरिडोरको ट्रयाक खन्ने कामले गति लिन सकेको छैन।

कर्णालीका चार जिल्ला संकटग्रस्त क्षेत्र घोषणा

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावित स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

सडक अवरुद्ध हुँदा तराई जानेको जुम्ला विमानस्थलमा भीड

जहाजको उडान कम तर यात्रुको भीड बढी भएपछि सेवाग्राहीलाई सकस भएको छ । दशैंपछि घर आएका विद्यार्थी, कर्मचारी तथा बिरामीलाई पनि जहाजको उडान कम हुँदा कठिन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ।

कर्णालीका चार जिल्ला 'संकटग्रस्त' क्षेत्र घोषणा

सरकारले कर्णाली प्रदेशका चार जिल्लाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु र कालिकोटका विपद् प्रभावितक स्थानीय तहलाई विपद् प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

कर्णालीबाट प्रतिनिधिसभामा महिला उम्मेदवार दुई, प्रदेशसभामा शून्य

कर्णालीमा प्रतिनिधिसभाका १२ क्षेत्रमध्ये दुई महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

कर्णाली राजमार्गमा पहिरै–पहिरो

भारी वर्षापछि खसेको पहिरोले कर्णाली राजमार्गको कालिकोट खण्डमा मात्रै ५० ठाउँमा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। विभिन्न जिल्ला जोड्ने मुख्य राजमार्गको सडक अवरुद्ध हुँदा सवारी साधन चलाउनमा समस्या भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्