५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अझै खुलेन कर्णाली करिडोर

कर्णाली करिडोर नखुल्दा यात्रा गर्न समस्या भएको छ। कर्णाली राजमार्गबाट छुट्टिएर बाजुरा हुँदै हुम्लाको सिमाना सल्लीसल्लासम्म ट्र्याक खुला भएको कर्णाली करिडोर गएको असोज १९ गतेदेखि पूर्णरूपमा बन्द हुँदा स्थानीयवासी समस्यामा परेका हुन्।

कालिकोटका पाँच वटा पालिकासहित बाजुराको कोल्टी, मुगुको पश्चिम भेग र हुम्लाको पश्चिम भेग जोड्ने कर्णाली कोरिडोरमा गाडी नचल्दा यात्रु पिठ्युमा भारी बोकेर पैदल हिँड्न बाध्य छन्। करिडोर अन्तर्गत पर्ने फुगाडा खोलाको बेलिब्रिज दुई वर्षअघि बाढीले बगाएकाले पैदल आउजाउ गर्नेलाई समेत कठिन भएको पचाल झरनाका भिम आचार्याले बताए।  

सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर १ को लुसा गाउँबाट निरन्तर खसेको हिलोसहितको पहिरोले कर्णाली करिडोर खुलाउन कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। पहिरोका कारण लुसा गाउँसमेत उच्च जोखिममा छ।

प्रकाशित: १२ कार्तिक २०७९ ०७:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App