५ आश्विन २०८१ शनिबार
image/svg+xml

मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य : दाहाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले सिरहा आउँदा माइती आएजस्तो अनुभूति हुने बताएका छन्। ०७० सालको संविघानसभा निर्वाचनमा मधेसको मधेसको सिरहा जिल्लावासीले जिताएर संविधानसभामा पठाएकै कारण आफू संविधान निर्माणमा एतिहासिक भूमिका खेल्न सफल भएको उनको भनाइ थियो।

मधेसको नागरिकता समस्या सधैंलाई अन्त्य हुन्छ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मधेसको नागरिकता समस्या सदाका लागि अन्त्य हुने बताएका छन्।

‘मधेस आन्दोलनको मुद्दा स्थापित गराउन संघर्ष’

उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेस आन्दोलनका मुद्दा स्थापित गराउन लागि परेको बताएका छन। बाराको कलैयामा शुक्रबार मधेसी स्वास्थ्यकर्मी फोरम प्रदेश नम्बर २ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेस आन्दोलनका मुद्दा स्थापित गराउन संघर्ष जारी छ।’

मधेस आन्दोलनका सहिद सम्झन मधेसवादी दलको लुकामारी

२०६३/६४ को मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ५ जना सहिदको स्मृतिमा सोमबार सदरमुकाम मलंगवामा दुई मधेसवादी दलले लुकामारी हिसाबले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरे। मधेस र मधेसीको हक अधिकारका लागि बलिदानी दिएका सहिदको सम्मानमा कार्यक्रम गर्न मधेसवादी दलहरू नै एकैठाउँ अटाउन सकेनन्। आफूहरू नै मधेसको सच्चा शक्ति भएको बताउने राष्ट्रिय जनता पार्टी नेपाल तथा संघीय समाजवादी फोरमका नेता कार्यकर्ताले छुट्टाछुट्टै कार्यक्रम गरी सहिद दिवस मनाएका हुन्।

सिरहा पुगेर ओलीले भने : विकासले मधेसको कायापलट हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले छिटै देशबाट निरक्षरता उन्मुलन हुने उद्घोष गरेका छन्। निरक्षरता उन्मुलन अभियानकै रुपमा देशभर सञ्चालन भएकोले छिटै उन्मुलन हुने उनको भनाई थियो। ‘यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले पहलकदमी लिएको छु प्रधानमन्त्री ओलीले भने, ‘बैशाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु। अब देशबाटै निरक्षरता उन्मुलन हुन्छ।’

द्रुतमार्गको दुरी घट्यो, सुरुङ बढ्यो

काठमाडौं–तराई–मधेस द्रुतमार्गको दुरी घट्ने भएको छ। पछिल्लो विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा पहिलाको रेखांकनमा सामान्य र सुरुङ मार्गलाई संशोधन गरिएपछि द्रुतमार्गको समग्र दुरी करिब चार किलोमिटर घट्ने भएको हो।

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम

मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ। परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन्। ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ। बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या सामाधान भएको देख्ने लालसा छ।’

उपेन्द्र यादव मधेसविरोधी : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय समाजवादी फाेरम नेपालका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसविरोधी भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुरले गढीमाई मन्दिर क्षेत्रमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले उपेन्द्र यादवले मधेसीको हक अधिकारभन्दा निजी स्वार्थमा लागेर मधेसविरोधी काम मात्रै गरेको आरोप लगाए।

मधेसको राजनीतिक स्केच

मधेसको भौगोलिक परिभाषा के हो ? आज पनि यो प्रश्नको परख गर्दा धेरै थरि मत बाझिनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिणी समथर भूभागलाई ‘मधेस’ भन्नु ऐतिहासिक र राजनीतिक रूपमा कति ठीक वा बेठीक ? मधेस र तराईबीच भिन्नता के हो ? यस्ता धेरै प्रश्नमा लामो छलफल गर्न सकिन्छ।

१२ वर्षमा पनि निस्केन निकास

अधिकार र पहिचानका मुद्दा उठाउँदै २०६३ सालयता मधेसले तीन चरणका आन्दोलन गरिसकेको छ। यस क्रममा मधेसले थुप्रै मानिस गुमायो, ठूलो भौतिक र मानवीय क्षति बेहो-यो। थुप्रै उपलब्धि पनि हासिल भए। मधेस विद्रोहको पहिलो दिन २०६३ माघ ५ मा लहानमा रमेश महतो मारिए। त्यसयता मधेसमा भएका आन्दोलनमा डेढ सयजनाले ज्यान गुमाएका छन्।

शीतलहरले घेरिन थाले मधेसका विपन्न बस्ती

सिरहाकाे गोलबजार नगरपालिका–९ मुसहरी टोलकी ४५ वर्षीया जंगली सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन् । राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि ओछ्यान बिछ्याउनु उनको दैनिकि हो । ‘चिसो भुइँ न्यानो पार्ने सहारा नै पराल हो ।

नौ वर्षदेखि अलपत्र पुल बनाउन अनशन

सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

यति बेला मधेस आन्दोलन सुस्ताएको देखिन्छ। मधेसवादी दलहरू सरकारका साझेदार भई सत्तामा पुगेका छन् तर मधेसका जनताहरू मधेस आन्दोलनका पीडितहरूले अहिले पनि न्याय पाएका छैनन्। मधेसप्रति किन उदासीन तथा क्रुरताले पीडित बनेका मृतक परिवारहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिन्छ। पीडित परिवारहरू बेसहारा जस्तै देखिन्छन्। एक अध्ययनले मधेस आन्दोलनका सबै पीडित परिवारका सदस्यहरूमा आघात (ट्रमा) समेत देखाएको छ।

अलपत्रमा मधेसको ‘लाइफलाइन’

विकास निर्माणका ठुल–ठुला काम समयमै सम्पन्न नहुँदा मधेसको विकासमा धक्का पुगेको छ। मधेशको रुपमा चिनिने प्रदेश दुईका अधिकांस जिल्लामा ठुल–ठुला विकास निर्माणका काम काम अलपत्र परेका छन्।

पहिचानमै अल्झिएको मधेसवाद

तराई/मधेसका ८ जिल्ला समेटिएको प्रदेश २ मा जन्मिएका हजार शिशुमध्ये ५८ जनाभन्दा बढी पाँच वर्ष पूरा नगर्दै मर्ने गरेका छन्। राष्ट्रियस्तरमा भने बाल मृत्युदर ४ दशमलव ८ प्रतिशत रहेको तथ्यांकले देखाउँछ। मुलुकमै सबैभन्दा कम साक्षरता दर भएको प्रदेश–२ नै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्