२० वैशाख २०८१ बिहीबार
image/svg+xml
रक्षाराम हरिजन


रक्षाराम हरिजनका लेखहरु :

नारी किन पुरुषाधीन ?

प्लस टुसम्म सँगै पढेका एक जना भागवत सुनाउने स्वाघोषित युवा पण्डित बाहुन पुरोहित साथीले नारीलाई पुरुषको अधीनमा रहने गरेको तर्क गरे। हिन्दूहरूको महाकाव्य महाभारतमा पाँच पाण्डवले कौरवहरूसँग जुवा खेल्दा सबथोक हारेपछि द्रौपदीलाई समेत दाउमा लगाएको कार्यलाई स्वाभाविक लिँदै त्यसलाई जायज मान्छन्। उनले द्रौपदी (नारी) त पाण्डवको अधीन रहेकी थिइन्। धर्मराज भनिने युधिष्ठिरले आफ्नी स्वास्नी द्रौपदीलाई नारी भएकै कारण दाउमा लगाएको देखिन्छ। हुन त उनीसँग चार जना पुरुष भाइ पनि शेष नै थिए तर दाउको समान बनेनन् किनकि उनीहरू पुरुष जातको प्रमाणपत्रधारी थिए।

मधेसी आन्दोलनकारी परिवारको बिचल्ली

यति बेला मधेस आन्दोलन सुस्ताएको देखिन्छ। मधेसवादी दलहरू सरकारका साझेदार भई सत्तामा पुगेका छन् तर मधेसका जनताहरू मधेस आन्दोलनका पीडितहरूले अहिले पनि न्याय पाएका छैनन्। मधेसप्रति किन उदासीन तथा क्रुरताले पीडित बनेका मृतक परिवारहरूमा मनोवैज्ञानिक समस्यासमेत देखिन्छ। पीडित परिवारहरू बेसहारा जस्तै देखिन्छन्। एक अध्ययनले मधेस आन्दोलनका सबै पीडित परिवारका सदस्यहरूमा आघात (ट्रमा) समेत देखाएको छ।

छुवाछूत मुद्दा : कि मिलापत्र कि अलपत्र

राज्यले जातीय छुवाछूत अन्त्य घोषणा गरेको दशकौँ बितिसक्यो। छुवाछूत गर्नेलाई दण्ड सजाय बढाएको अवस्था र देशका विभिन्न ठाउँहरूमा जातीय विभेद उन्मूलन राष्ट्रिय दिवस मनाइरहेको अवस्था छ। तर जातीय विभेद तथा छुवाछूतको घटनाको जाहेरी दर्ता नगर्ने, अनुसन्धान प्रक्रियामा विभेद र ढिलासुस्ती कायम नै रहेको छ। जातीय विभेद र छुवाछूतको घटना प्रत्यक्ष रूपमा बाहिर आएर पनि सो जाहेरी दरखास्त दर्ता गर्न प्रहरी प्रशासनले इन्कार गर्दै आएका छन्।

कहाँ छन् दलित?

“हामीले आफ्नो आवाज उठाउन सकेका छैनौँ, हाम्रो पनि बाध्यता छ।” आफ्नो अधिकारका लागि बोल्न नसकेको आरोपलाई आत्मसात् गर्दै एक जना दलित सांसद।

प्रदेश–प्रहरीमा प्रतिगमन

प्रदेश नं. २ मा प्रदेश प्रहरी सेवासम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा दर्ता भयो । सो विधयेकले सबैको ध्यान तान्यो, संघदेखि अन्य प्रदेशहरूको पनि।

राजनीतिक जोडघटाउ र पश्चिम मधेस

नवलपरासी, कपिलवस्तु, बाँकेमा प्रभावशाली मानिने राजपा नेपालका नेताहरू पार्टी त्याग गरी एमालेको सूर्य चिह्नबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवार बने । अर्काे मधेसी दल फोरम नेपालका सहमहासचिव अभिषेकप्रताप शाह कांग्रेसमा प्रवेश गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्