४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मधेसी समाजमा दाइजोको सकस

केही दशक अघिसम्म मधेसमा स्वयम्बर संस्कार (स्वयं वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटीपक्षकै बोली बिक्थ्यो। केटीपक्षकै सर्तअनुरुप केटापक्ष विवाहका लागि राजी हुन्थे। तर, अहिले समय उल्टिएको छ। केटापक्षको सर्तअनुरुप केटीपक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ।

‘मधेसलाई पानी चाहिएको छ, तर प्रधानमन्त्री पानीजहाज मात्र भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई पानी चाहिए पनि वर्तमान प्रधानमन्त्रीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस सर्लाहीले मलंगवामा आइतबार आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले त्यस्तो आरोप लगाएका हुन्। ‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई पानीजहाज चाहिएको छ।’

‘मधेसलाई पानी चाहिएको छ पानीजहाज होइन’

नेपाली कांग्रेस सर्लाहीद्ववारा सदरमुकाम मलंगवामा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘ ‘मधेसी जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ तर, केपी ओलीले पानी जहाजको सपना मात्र देखाए।’

सर्वेसर्वाको विजयी संकथन

दुई मधेस विद्रोहको आंशिक सफलतापछि राजनीतिक परिदृश्यमा चामत्कारिकरूपले उदाएका सिके राउत पनि पश्चिमा सुटमै सज्जिन रुचाउँछन्। बाहिर देखिँदा गलपोस कहिलेकाहीँ छुटे पनि कमिजमाथि भिर्ने कोट भने उनको कायाबाट गर्मीमा समेत टुट्दैन। कारागर र अदालतको चक्कर लगाउँदासमेत उनी ठाँटिएरै देखा पर्छन्।

तराई–मधेसमा भव्य ‘फगुवा’

एक–अर्कालाई रङ–अबिर लगाउँदै र मिठो–मसिनो खाँदै–खुवाउँदै बिहीबार तराई–मधेसमा प्रेम र सद्भावको पर्व होली भव्य रूपमा मनाइएको छ। फगुवा पनि भनिने होली पर्वको अवसरमा अघिल्लो ‘समद’ अर्थात् होलिका दहन गरिन्छ भने भोलिपल्ट रङ–अबिर लगाउँदै हर्षोल्लासका साथ मनाउने गरिन्छ।

मधेसमा मनाइयो ‘फगुवा’ (फोटो फिचर)

बुधवार ‘समद’ अर्थात होलिका दहनपछि बिहीवार एक अर्कालाई रंग अबिर लगाउँदै र मिठो मसिनो खाँदै खुवाउँदै तराई मधेसमा ‘फगुवा’ मनाइँएको छ। होलीलाई प्रेम र सद्भावको पर्व भनिन्छ। बिहीवार वीरगन्जमा होली मनाइए पनि यस पर्वमा मांसाहारको बिशेष प्रचलन रहेकोले बिहीवार कतिपय मानिसहरुले माछामासु नखाने भएका कारण यसपालि होली शुक्रवारसम्म निरन्तरता पाउने भएको छ। होलीको आफ्नो बिशेष किसिमको लोक संगीत भोजपुरीभाषी समाजमा प्रचलित रहेको लोकसंस्कृतिका जानकार उमाशंकर दधिची बताउँछन्। वीरगन्जका सडक र चोकहरुमा लाउड स्पीकर बजाएर नाँचगान गर्दै मानिसहरुले रंग अबिर साटासाट गरे भने गाउँतिर होरी गाएर होली मनाइएको छ।

मधेसमा ३ दिन होली

तराई मधेसमा यस वर्ष लगातार तीन दिन होली मनाइँदैछ। बुधबारदेखि मनाइन थालिएको होली शुक्रबारसम्म मनाइँदै छ। अधिकांश परिवारले आइतबार, मंगलबार र बिहीबार माछामासु नखाने तथा मदिरापान नगर्ने हुनाले होली लम्बिएको हो।

द्रुरतमार्गको डिपिआर रक्षा मन्त्रालयमा पुग्यो

राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई-मधेस द्रुतमार्ग (एक्प्रेस वे) को गुरुयोजना स्वीकृतिका लागि नेपाली सेनाले रक्षा मन्त्रालयमा पेस गरेको छ। दक्षिण कोरियाली कम्पनी सुसङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआर स्वीकृतिका लागि सेनाले रक्षा मन्त्रालयमा पेस गरेको हो।

मुद्दा बिसाएसँगै घट्दै सिके क्रेज

मधेसमा सिके राउतको परिचय अडिग राजनीतिक अभियन्ताको थियो। छोटो अवधिमा मधेसी समाजमा हिरो बनेका रावतले राज्यको मात्र नभई अन्तराष्ट्रिय केन्द्रसमेतको ध्यान आफूतिर खिच्न सफल भए। ‘स्वतन्त्र मधेस गठबनधन’ नामक संगठनबाट स्वतन्त्र मधेसको अभियान सुरु गरेका उनी सोमबारबाट ‘जनमत पार्टी’का अध्यक्ष बनेका छन्। यससँगै सिकेको क्रेज पनि घट्दै गएको छ।

‘जनमत पार्टी’ घोषणा

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठगन्धनको राष्ट्रिय परिषद् बैठक(केन्द्रीय भेला) ले पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ। आइतबारबाट लहानको माडवारी सेवा सदनमा जारी भेलाको दोस्रो दिन जनताको हक अधिकारको लागि संघर्ष गर्न नेपालको संविधानभित्र रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरिएको छ। यसअन्तर्गत पार्टीको नाम जनमत पार्टी राख्ने निर्णय गरेको भेलापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। भेलाले पार्टीको नामसँगै झन्डा पनि फर्ने निर्णय गरेको छ।

नेताकाे मात्र व्यवस्थापन, मुद्दा उस्तै

झन्डै एक दशक (जेठ ०६९) देखि मधेसको राजनीतिलाई बेग्लै धारमा ‘स्वतन्त्र मधेस’ तरंगित गर्दै आएका डा.सिके राउतको नामले परिचित चन्द्रकान्त (सिके) राउतसँग शुक्रबार सरकारले ११ बुँदे सहमति गरेर आफ्ना एजेन्डा विसाएका छन्।

राउत सम्झौताको प्रतिरक्षा गर्दै सत्तारुढ सांसद्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले सरकार र स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग भएको ११ बुँदे सहमतिको प्रतिरक्षा गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै सत्तारुढ नेकपाका सांसदहरूले सो सहमतिले बिखण्डनको अजेन्डा समाप्त गरे पनि त्यसको अपव्याख्या गरेको भन्दै आपत्तिसमेत जनाएका छन्।

तरंगित मधेस : अवतरण कि समर्पण ?

गत साता नेपाली राजनीति निकै तरंगित रह्यो विशेषतः मधेस केन्द्रित भएर। बुधबारदेखि सुरु भएको घटनाक्रमले रेशम चौधरी सम्बद्घ मुद्दाको फैसलाबाट आक्रोशित राजपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको घोषणा गरे। त्यसको २४ घण्टा नबित्दै रौतहट जिल्ला अदालतको आदेशबाट विगत पाँच महिनादेखि जेल जीवन बिताइरहनु भएका चन्द्रकान्त (सिके) राउतलाई जिल्ला अदालतको आदेश नमिलेको भन्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश जारी ग-यो।

अब के गर्लान् राउत ?

सरकारसँग ११ बुँदे सहमति गरेलगत्तै मधेस पुगेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले जनमसंग्रहको अजेन्डा उठाउँदै मधेसमा आफ्नो संगठन र शक्ति विस्तारमा लाग्ने भएका छन्। सरकारले राउतसँग गरिएको ११ बुँदे सहमतिमा जनमत संग्रहमा सहमति नजनाएको दाबी गरे पनि राउत नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनका नेताहरूले जनमसंग्रहमा सरकार सहमति भएको दाबी गर्दै आएका छन्। ‘सरकारले जनमत संग्रहलाई स्वीकार गरिसकेको छ अब जनमत संग्रहको अजेन्डा प्राथमिकताका साथ उठाउने छौं,’ स्वतन्त्र मधेस संगठनका सहसंयोजक कैलाश महतोले भने, ‘जनमत संग्रहको अजेन्डालाई लिएर हामी अघि बढ्छौ।’

सीके राउतको जनकपुर प्रदर्शन ‘स्वतन्त्र मधेस’ मुद्दाको विदाइको खुसीयालीमा हो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले भने बिखण्डनकारी शक्तिलाई राजनीतिको मुल प्रवाहमा ल्याएर सरकारले ठूलो उपलब्धी हासिल गरेको बताएका छन्। कतिपय सत्तापक्ष नेता तथा सभासदले नै राष्ट्रिय अखण्डता र संविधान विपरीत सीके राउतसँग सहमति गरेको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सोमबार प्रदेश नं ५ को सुरक्षा गोष्ठीलाई भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री थापाले स्वतन्त्रता, स्वाधीनता, स्वराजको नारा दिएर देशलाई बिखण्डन गर्न खोज्ने असामाजिक तत्वलाई मुल प्रवाहमा ल्याएर देशलाई बिखण्डनको चुनौती र खतराबाट जोगाएको बताए। देशमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको दावी पनि थापाले गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्