४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश २: नाम राख्नै सकस

मधेसकेन्द्रित दलको नेतृत्वमा रहेको प्रदेश २ सरकार अहिले गठबन्धनमा परिणत भएको छ। उक्त सरकार बनेसँगै सो प्रदेशको नाम अंकबाट अक्षरमा रूपान्तरित हुने अपेक्षा धेरैले राखेका छन्। तर, प्रदेशको स्थायी राजधानीमा सत्ता गठबन्धन दल एकमत देखिए पनि नाम टुंग्याउने विषयमा अझै सकस हुने देखिन्छ।

शान्तिसम्झौतापछि मधेस आन्दोलित

पूर्ण समावेशी लोकतान्त्रिक संविधान निर्माण नभएसम्म आन्दोलन गर्ने मधेसी दल मूलधारमा आइसकेका छन्। यद्यपि संविधान संशोधनको अजेन्डा कहिले सम्बोधन हुन्छ ? यसको जबाफ न उनीहरूसँग छ न सरकारसँग।

रौतहटमा छठ पर्वको रौनकता (फोटो फिचर)

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।

मधेसका किसानको सदाबहार पिरलो ‘जल’

सिरहाको दक्षिण ग्रामीण क्षेत्र बरियारपट्टीका ८२ वर्षीय रासलाल यादव सधैं पिरोलिने कारण हो, जल अर्थात् पानी। अर्को कारण हो मल। पानी अभावमा सिँचाइको भरपर्दो व्यवस्था गर्न नसक्दा जमिन बाँझो राख्नु परेर पिरोलिने उनी अहिले भकारीमा भित्र्याउने धान खेतमै डुब्दा पिरोलिएका छन्।

संविधान दिवस: मधेसमा दुई धार

संविधान दिवस कसरी मनाउने भन्ने विषयमा मधेस दुई धारमा बाँडिएको छ। तर, ती दुवै धारले संविधान संशोधनको मुद्दालाई बेलाबखत उछाल्दै आएका छन्।

जसपा–लोसपा मधेस मन्थन

जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुर समूह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि दुबै दल मधेसभित्र आफ्नो जनाधार मन्थनमा व्यस्त बनेका छन्।

छोराको दीर्घायुको कामना गर्दै मनाइयो तीन छठ्ठी पर्व

कोरोनाका कारण अधिकांश महिलाले आफ्नै घरमा पूजा गरेका थिए। भदौ शुक्ल षष्ठीको दिन पर्ने सो चाड उनीहरुले ब्रत र पूजापाठ गर्ने गर्दछन्।

डुंगामा अडिएको मधेसको ‘जीवनरेखा’

सुक्खायाममा नाउको यात्रा सुरक्षित नै हुन्छ तर, वर्षायाममा भने जोखिम हुन्छ। पुल भएर कमला नदी तर्ने वर्षौंदेखिको सपना पूरा नहुँदै तुहियो। पुल बनिसकेपछि नाउमा जोखिमपूर्ण यात्राको पिरलो दूर हुन्छ सोचेकी थिएँ। दस वर्षमा कमला पुल त बन्यो तर टिकेन। समान्य बाढीले पुल बगाउँदा हाम्रो सपना पनि पुलसँग बग्यो।

मधेसी शक्तिमा जुट-फुटको राजनीति: मधेसी दलमा फुटसँगै फाट्यो मधेसी मन

पार्टीको औपचारिक निर्णयविपरीत ओली नेतृत्वको सरकारमा जाने महन्थ ठाकुरको निर्णय नै जसपामा फुटको बिजारोपण गरिदियो। पार्टीलाई चिरा पारेर ओली सरकारको टेको बन्न पुगेकाहरू कहीँको रहेनन्। न ओली सरकार रह्यो न उनलाई टिकाउन पुगेका टेकोहरू नै।

स्वार्थको कालो बादलमा घेरिएको मधेस ‘मुद्दा’

मधेस मुद्दा सम्बोधनको ‘स’ पनि सुन्न नचाहने केपी ओली अल्पमतमा पर्दा मधेस मुद्दाप्रति उदारभाव प्रस्तुत गरेका थिए। यद्यपी उनी व्यवहारबाट त्यो पुष्टि गर्न सफल भएनन् । संसद्मा प्रस्ताव दर्ता भएपछि दल र नेताहरूको असली व्यवहार समेत मधेसी जनतासामु उदांगीन्छ। मधेस राजनीतिका जानकार प्राध्यापक भोगेन्द्र झा अहिलेको सरकारबाट मधेस मुद्दा सम्बोधन हुने केही आशा पलाएपनि विश्वास नभएको टिप्पणी गर्छन्।

जो न ओलीका सारथि रहनसके न मधेस मुद्दाका

ओली नेतृत्वको सरकारमा महन्थ–राजेन्द्र पक्षका ११ जना मन्त्री हुँदा समेत मधेस उत्साहित देखिएको थिएन। यसको एउटा कारण हो–ओलीको मधेसप्रतिको व्यवहार।

मधेस राजनीतिः मुद्दा यथावत्, व्यक्ति व्यवस्थापन

मधेस मुद्दाको सम्बोधन राजनीतिक सहमतिबिना सम्भव छैन तर आन्दोलनका नेतृत्वकर्ता नेता आफ्ना मुद्दामा राजनीतिक सहमति जुटाउनभन्दा पनि सत्ता केन्द्रित भइदिँदा मधेस मुद्दाको भविष्य अनिश्चितताको सुरुङमा भासिँदै गएको छ।

मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्।

सत्तास्वार्थले बदनाम मधेस आन्दोलन

‘मानवतासमेतलाई ताकमा राखेर मधेस र मधेसी जनतामाथि निरन्तर प्रहार गर्ने ओलीसँग मधेसी नेताहरूको निकटता देखेर ताजुब लाग्छ। ओलीकै जिद्दीपनाका कारण सप्तरीको मलेठमा पाँचजनाले अनाहकमा प्राण त्याग्नुपरेको घटना मधेसले बिर्सनै सक्दैन। तर केही मधेसी नेताले बिर्सेको जस्तो लाग्छ,’।

मधेस डुब्ने खतरा

मरुभूमि बनेको सप्तरीको दक्षिणवर्ती गाउँ ‘दिघवा’ को अस्तित्व नाम मात्रैमा सीमित छ। गाउँ पूर्वतर्फ सर्दै अहिले अर्को गाउँ ‘चनही’ को सिमानामा पुगेको छ। यसको कारण हो, चुरे मूल भएको बलान नदीले फेर्दै आएको धार।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्