८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

मोटरसाइकलमा सुटकेस बोकेर मधेस भवनबाट बाहिरिँदै जितेन्द्र सोनल। तस्बिर : नागरिक

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्। उनी सहयोगीको मोटरसाइकल पछाडी दुई वटा ब्याक (झोला) बोकेर मधेस भवनबाट जनकपुरस्थित आफ्ना निवासमा पुगेका थिए। मन्त्रीबाट पदमुक्त भएपछि कर्मचारी, नागरिक समाज र प्रदेश सरकारलाई धन्यवाद दिँदै आफू मन्त्री हुँदा प्रयोग गर्दै आएको सावरी साधन सरकारलाई बुझाएर सहयोगीको मोटरसाइकलमा झोला बोेकेर मन्त्री निवासबाट बाहिरिएका हुन्।  

फर्किने क्रममा सोनलले भने, ‘सरकारमा रहेर सवा तीन वर्ष काम गर्ने मौका प्राप्त भयो। यस अवधिमा तीन दिन पनि अराम गरिनँ। प्रदेश र यहाँका जनताको सेवामा तल्लीन भएँ।’ उनले आफूलाई पार्टीले अन्य जिम्मेबारी नदिएसम्म प्रदेशको अस्थायी राजनधानी जनकपुरमै रहेर जनता तथा पार्टीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले भने ‘म मन्त्री रहुँ वा नरहुँ देश, प्रदेश र जनताको विकासमा केन्द्रित भएर काम गरिरहनेछु।’

मन्त्रीबाट हटे पनि प्रदेशको विकासका लागि सक्रिय रहने उनको भनाइ थियो। भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहँदा सडक र सिँचाइ क्षेत्रमा प्रदेशले फड्को मारेको उनले दाबी गरे। मन्त्रीहरूको क्वार्टर रहेको मधेश भवनबाट बिदा हुनुअघि कर्मचारी, बुद्धिजीवि, मुख्यमन्त्री, मन्त्री, सञ्चारकर्मी सबै पक्षले आफ्नो काममा गरेको रचनात्मक सहयोगको प्रशंसा गरेका थिए। सोनलले ‘खेत खेतमा पानी, हात हातमा काम’, ‘जहाँ सडक, त्यहीँ विकास’ जस्ता अभियान सञ्चालन गरेका थिए।

प्रदेशसभा बैठकमा ठाकुर–महतो पक्ष अनुपस्थित

प्रदेश २ को सोमबारबाट सुरु भएको छैठौं प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टीका (जसपा) महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरू उपस्थित भएनन्। पार्टीमा विधान विपरित संसदीय दलको नेता छनोट गरिएकै कारण आफूहरू प्रदेश सभाको बैठकमा उपस्थित नभएको जसपा (ठाकुर–महतो पक्ष) प्रमुख सचेतक परमेश्वर साहले बताए।

प्रकाशित: २५ जेष्ठ २०७८ ०३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App