२८ पुस २०८१ आइतबार
image/svg+xml

भूकम्प पीडितलाई तीन लाख अनुदान

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पपीडितलाई घर बनाउन प्रदान गर्ने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पु¥याउने निर्णय गरेको छ ।

भूकम्पपीडितलार्इ अनुदान ३ लाख, निर्ब्याजी ऋण ३ लाख

सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकममा एक लाख रुपैयाँ थप गर्नेबारे प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिमा छलफल सुरु भएको छ । जसअनुसार निर्णय भए अनुदान रकम तीन लाख पुग्नेछ । त्यसबाहेक ३ लाख रुपैयाँ निब्र्याजी ऋण दिइने विषयमा पनि छलफल अघि बढाइएको छ ।

अनुदानले थप्यो सुरक्षा चुनौति

सिन्धुपाल्चोक- इर्खु–१, सिन्धुपाल्चोकका बुद्धिबहादुर बिकले गत मंगलबार चौतारास्थित जनता बैंक शाखाबाट आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ झिके। उत्साहको ‘बन्डल’ बोकेर घर पुगेका उनी रातभर निदाउन सकेनन्।

भूकम्प पीडितको अनुदान बाँड्न बैंकलाई हम्मे

सरकारको स्पष्ट नीति नहुँदा भूकम्प पीडितलाई अनुदान बाँड्न समस्या परेको बैंकहरुले जनाएका छन् । अनुदान वितरण गर्दा आउने सुरक्षा चुनौती, इन्टरनेट र बिजुली अभाव लगायत कारणले बैंकहरुलाई अनुदान वितरण गर्न समस्या परेको हो ।

अनुदान वितरणमा सिन्धुपाल्चोकको अग्रता

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकले आवास अनुदान वितरणमा अग्रता लिएको छ। आवास अनुदान सम्झौता र पहिलो किस्ता वितरण थालिएका ११ भूकम्प प्रभावित जिल्लामध्ये सिन्धुपाल्चोक अघि देखिएको हो।

जापानबाट १८३ करोड अनुदान

जापान सरकारले नेपालको हवाई सुरक्षा तथा विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न एक अर्ब ८३ करोड २० लाख रुपैयाँ अनुदान सहयोग पनि उपलब्ध गराउने भएको छ।

हवाइ सुरक्षा सुधारका लागि जापानले झण्डै रू. २ अर्ब अनुदान दिने

जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई रु. १ अर्ब ८३ करोड २० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

अब अनुदान सम्झौता सहज हुने

काठमाडौँ-पुनःनिर्माणमा ढिलाइ भइरहेको जनगुनासो आइरहेकाबेला सरकारले अनुदान सम्झौता प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण निर्णय गरेको छ।

भूकम्प पीडितले पाउन थाले आवास अनुदानको पहिलो किस्ता

सिन्धुपाल्चोक-विनासकारी भूकम्पको झण्डै १६ महिनापछि आवास अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ गाउँ जान थालेको छ। अनुदान सम्झौता थालेको साढे तीन महिनापछि गाउँका पीडितले पहिलो किस्ता पाउन थालेका हुन्।

अनुदान मल बेच्न पाउने भन्दै उद्योग वाणिज्य संघद्वारा बजार बन्द

किसानलाई सरकारले दिएको अनुदानको रसायनिक मल बिक्री गरेको आरोपमा पक्राउ परेका ब्यवसायीलाई छुटाउन उद्योग वाणिज्य संघ गोरखाले आज बजार बन्दको आह्वान गरेको छ। सरकारले बजार अनुगमन गरेर कालोबाजारीलाई तत्काल कानुनी दायरामा ल्याउन निर्देशन गरेकै दिन मंगलबार गोरखामा अनुदानको मल बेच्ने ब्यापारी पक्राउ परेका थिए।

सरकारी अनुदान लिएपछि हत्या

दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो ।

डिएफआइडीकाे साढे ४ अर्ब अनुदान, सीप विकासमा सघाउने

काठमाडौँ– संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी)ले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न रु. ४ अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउने भएको छ। सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित डिएफआइडीका प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे।

अनुदानको प्रांगारिक मल प्रयोग भएन

असन्तुलित रसायनिक मल प्रयोगले माटोको उर्वराशक्ति ह्रास भएपछि प्रांगारिक मलको प्रयोग बढाउन सरकारले यसमा अनुदान दिए पनि किसानले उपयोग गरेका छैनन्। कृषिजन्य उत्पादन बढाउन कृषि मन्त्रालयले आर्थिक वर्ष ०७२/७३ मा १० हजार मेटि्रक टन प्रांगारिक मलमा अनुदान दिने व्यवस्था गरेको थियो। तर किसानले २ हजार मेटि्रक टनमा मात्र अनुदान लिए।

किसानलाई करोड अनुदान

जिल्लाका किसानले अघिल्लो आर्थिक वर्ष झन्डै करोड रुपैयाँ अनुदान पाएका छन्। गाई, भैंसी, बंगुर, बाख्रा, कुखुरापालक किसानका साथै डेरी उद्योगले अनुदान पाएका हुन्। जिल्ला पशु सेवा कार्यालयले सबै पशुपालक किसान, दुग्ध तथा मासुजन्य व्यवसायीलाई गरी ९८ लाख ६३ हजार रुपैयाँ अनुदान वितरण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्