१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

सरकारी अनुदान बुझेपछि हत्या

मलेखु (धादिङ)— दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ। 

नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो। हर्कबहादुरकी श्रीमती ८० वर्षीया ठूलीमायाँ तामाङ गम्भीर घाइते भएकी छिन्। 

उनको उपचारका लागि घटनास्थलबाट बोकेर अस्पतालतर्फ ल्याइएको छ। घटनास्थल पृथ्वीराजमार्गको आदमघाटबाट पाँच घन्टाको पैदल दूरीमा पर्ने भएकाले बिहीबार राति मात्र अस्पताल पुर्‍याइएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। 

हर्कबहादुरको किन र कसले हत्या गरेको हो भन्ने अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । रासस 

 

प्रकाशित: ३ भाद्र २०७३ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App