२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

सहिद गौतमको परिवारलाई माओवादीबाट ६ लाख राहत

नेकपा (माओवादी केन्द्र)ले केही दिन पहिले कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले हत्या गरेका सहिद गोविन्द गौतमको परिवारलाई रु ६ लाख सहयोग प्रदान गरेको छ ।

सीमांकन थाती राख्ने माओवादी निर्णय

नेकपा माओवादी केन्द्रले सीमांकन थाती राखेर संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालयको बुधबारको बैठकले सीमांकनलाई थाती राखेर अन्य बुँदा पास गराउने निर्णय गरेको नेता टोपबहादुर रायमाझीले बताए।

माओवादी केन्द्रले सहिद गोवीन्द गौतमको परिवारलाई ६ लाख सहयोग गर्ने

नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बलको गोली लागी मारिएका गोविन्द गौतमको परिवार ६ लाख नगद सहयोग गर्ने घोषणा गरेको छ। माओवादी केन्द्रका नेता तथा कृषी मन्त्री गौरीशंकर थारुले मंगलवार गौतमको घरमा पुगेर माओवादी केन्द्रले ६ लाख दिने निर्णय गरेको जानकारी गराएका हुन। मंगलवार बसेको पार्टीको बैठकले ६ लाख नगद दिने निर्णय गरेको उनले बताए।

माओवादी संसदीय बैठकमा प्रधानमन्त्रीको चर्को विरोध

माओवादी केन्द्र, संसदीय दलको बैठकमा बजेट रकमान्तर गर्दा असन्तुलित भएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन्। संसदीय दलको कार्यालय सिंहदरवारमा भएको बैठकमा सरकारले पछिल्लोपटक रकमान्तर गरेको बजेट असन्तुलित भएको भन्दै सांसदहरुले विरोध गरेका हुन्।

कांग्रेस र माओवादी सांसदले पनि संशोधन प्रस्ताव दर्ता गराए

प्रदेश नं चार र पाँचको सीमान हेरफेर गर्न नहुने भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका टोप बहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ र अमरसिंह पुनले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

माओवादी विद्रोहको औचित्य

जातीयता, क्षेत्रीयता, साम्प्रदायिकता र तिनमा आधारित संघीयताको जुन विषवृक्षको बीउ माओवादीले युद्धको आधाआधी बखत रोपे, त्यसले कस्तो फल दिन्छ भन्ने कुरा यतिखेर विप्लबले बुझेछन्। तर बाबुराम अझै बुझ्न चाहिरहेका छैनन् वा कसैको इशारामा बुझ पचाइरहेछन्।

माओवादी निष्कर्ष : स्थानीय चुनाव वैशाख अन्तिममा

सत्तासीन माओवादी केन्द्रले वैशाख अन्तिम साता स्थानीय निर्वाचन गर्न तयारी थाल्न सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको माओवादी हेडर्क्वाटर बैठकले संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई दलीय सहमतिमा चुनाव मिति घोषणा गर्न आग्रह गरेको हो।

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बुधवार दिउँसो देखी सम्पर्क बिहिन भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका नेताले स्ववियु निर्वाचनका गतिबिधी अघि नबढाउन दवाव दिन उनीहरुलाई नियन्त्रण लिएको बताएका छन। तीनै जनाको मोवाइल स्विच अफ गरिएको छ।

माओवादी पीडितले मनाए शोक दिवस

माओवादीले 'जनयुद्ध' दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन्। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन्। नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको नेतृत्वमा रहेको द्वन्द्वपीडित राष्ट्रिय समाजको आयोजनामा पीडितले फागुन १ लाई शोक दिवसका रूपमा मनाएका हुन्।

माओवादी महाधिवेशन सुरु

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) को आठौं महाधिवेशन सुरु भएको छ। काठमाडौंमा आइतबार माओवादी महासचिव विप्लवले महाधिवेशन उद्घाटन गरे।माओवादीले आइतबार नै २२औं 'जनयुद्ध' दिवस पनि मनाएको छ।

माओवादी पीडितले मनाए शोक दिवस

माओवादीले ‘जनयुद्ध’ दिवस मनाइरहेकै बेला उनीहरूबाट पीडित नागरिकले शोक दिवस मनाएका छन्। माओवादीले १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र द्वन्द्वबाट पीडितले शोक दिवस मनाएका हुन्।

माओवादी तेस्रो पार्टी भए पनि राष्ट्रिय स्वाधिनता जोगाउन पहिलो : दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने बताएका छन्।

माओवादी कार्यकर्तामाथि सिरहामा गोली प्रहार

माओवादी कार्यकर्तामाथि सिरहामा अज्ञात समूहले गोली प्रहार गरेका छन्। मझलिया-४ अरङ्माका स्थानीय बासिन्दा ३० वर्षीय लालु खानलाई आज करिब ११ बजे मल्हनिया-२ मा गोली प्रहार भएको प्रहरीले जनाएको छ।

कांग्रेस-माओवादी खटपट

आगामी जेठमा चुनाव नहुने सम्भावना बढ्दै गएका बेला सत्ता सहयात्री दल नेपाली कांग्रेस माओवादी केन्द्रसँग असन्तुष्ट हुन थालेको छ। चुनाव मिति घोषणा गर्न प्रधानमन्त्री डराइरहेको भन्दै कांग्रेसका दोस्रो तहका नेताले माओवादी केन्द्रसँग यसअघि गरिएको भद्र सहमतिबारे कुरा उठाउन थालेका छन्।

तत्कालीन माओवादीले भत्काएको भवन प्रहरीले बनाए

द्वन्द्वकालमा माओवादीले भत्काएको प्रहरी चौकीको भवन नवनिर्माण पछि मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी पशुपति उपाध्यायले उद्धघाटन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्