३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

क्याम्पस प्रमुखसहित तीन जना सम्पर्कविहीन, विप्लब माओवादीले अपहरण गरेको शंका

दिलबहादुर छत्याल/योगेश रावल

धनगढी- कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख सहित तीन जना बुधवार दिउँसो देखी सम्पर्क बिहिन भएका छन्। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको बिद्यार्थी संगठन अखिल क्रान्तीकारीका नेताले स्ववियु निर्वाचनका गतिबिधी अघि नबढाउन दवाव दिन उनीहरुलाई नियन्त्रण लिएको बताएका छन। तीनै जनाको मोवाइल स्विच अफ गरिएको छ।

सम्पर्क बिहिन हुनेमा क्याम्पस प्रमुख भिष्म थापा, सहायक प्रमुख कमल बिष्ट र उपप्राध्यापक अमरबहादुर रावल रहेका छन्।

अखिल क्रान्तीकारीका एक केन्द्रिय सदस्यले नाम नखोल्ने सर्तमा निर्वाचनका कार्यक्रम रोक्न राज्यलाई दवाव सृजना गर्न क्याम्पस प्रमुख सहित ३ जना नियन्त्रणमा लिएको बताएका छन्। ‘अपहरण जस्तो कुरा जटिल बिषय हो, नाम नखोली दिनु होला ३ जना अखिल क्रान्तीकारी बिद्यार्थीले नियन्त्रणमा लिएको सत्य हो’उनले भने।

अखिल क्रान्तिकारी विप्लवका सेती महाकाली इन्चार्ज बिमल धामीले निर्वाचनका कार्यक्रम अघि नबढाउन दवाव दिन ३ जनालाई बिद्यार्थीले नियन्त्रणमा लिएको बताएका छन। ‘अखिल क्रान्तिकारीले सरकार र क्याम्पस प्रशासनलाई दवाव दिन नियन्त्रणमा लिएको हो’ उनले भने। आफु जिल्ला बाहिर रहेको र  ३ जनालाई नियन्त्रणमा लिएको जानकारी बिद्यार्थीवाट आफुले पाएको उनले बताए।

फर्जी विद्यार्थी भर्ना रोकिनु पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने र विश्वविद्यालयमा ३ दलीय सेण्डिकेट तोड्नुपर्ने माग राखेर देशब्यापी क्याम्पसमा तालाबन्दी गरेर आन्दोलन गरेको उनले बताए। आन्दोलनलाई वेवाश्था गर्दै निर्वाचनका कार्यक्रम अघि बढाइएकाले दवाव दिन उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए।

क्याम्पसवाट मोटरसाइकलमा लम्की हुँदै पश्चिम तर्फ गइरहेको देखेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष देवानन्द जैशीले क्याम्पस प्रमुख थापा सहित ३ जना मोटरसाइकलमा वसेर पश्चिम तर्फ गैरहेको देखेको बताए। आफ्नो मोटरसाइकल क्याम्पस भित्रै छोडेका क्याम्पस प्रमुख नयाँ मोटरसाइकल आफै चलाएर गइरहेको देखेको उनले बताए।

क्याम्पस प्रमुखसँग कुरा गर्न खोज्दा उनले आलटाल गरे।  ‘मैले मोटरसाइकलमा देखेपछि रोकेर कुरा गर्न खोजे तर कुरा गरेनन्’ उनले भने–‘हडबडाए जस्ता थिए,अपहरण नै गरेको हो भन्ने शंका नै भएन।’

३ जनाका मोटरसाइकल क्याम्पस हाता भित्रै भेटिएको इलाका प्रहरी कार्यालय लम्कीका इञ्चार्ज प्रहरी निरीक्षक नैनबहादुर साउदले बताएका छन्। क्याम्पस भित्रवाट उनीहरुलाई अपहरण गरेर लगेको भने कुनै प्राध्यापक नदेखेको बताएका छन। कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले क्याम्पस प्रमुख सहित ३ जनाको खोजी भइहेको बताए । उनीहरुको अपहरण नभई क्याम्पस प्रमुख सहित ३ जना आफै कतै गएर सम्पर्क बिहिन भएको उनले बताए।

 ‘झोलामा कपडा समेत राखेर र आफै मोटरसाइकल चलाएर क्याम्पस प्रमुख गएका छन्’उनले भने।  ‘अखिल क्रान्तीकारीले राखेका मागका बारेमा छलफल गर्न उनीहरु आफ्नै खुशीले वार्ता गर्न कुनै ठाउँमा गएका हुनजस्तो छ’उनले भने । प्रहरीमा उनीहरुको आफन्तवाट पनि कुनै उजुरी नआएकाले अपहरण भन्न नमिल्ने उनको भनाई छ।

प्रहरी टोली परिचालन भएर सम्पर्क बिहिन ३ जनाको खोजी शुरु गरिएको उनले बताए । ३ जनाको मोवाइल स्विचअफ गरिएको छ।

सुदुरपश्चिम प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिजय भट्टले क्याम्पस प्रमुख विप्लव समूह समर्थक भएको र उनले अन्य २ जना पनि लगेर गएको बुझीएको छ। ‘उनीहरु आँफै कतै लुक्न गएर सम्पर्क बिहिन भएका हुन’उनले भने , जवरजस्ती कसैले लगेको देखिदैन।

 

प्रकाशित: ४ फाल्गुन २०७३ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App