१० मंसिर २०८१ सोमबार
image/svg+xml

रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः यहाँका व्यापारीले भारतबाटै आयात गर्छन्। भन्सार महसुल तिरेर आयात हुने र अवैध रुपमा भित्रिने सामानको बिक्री मूल्य फरक पर्छ। यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको व्यापारी बताउँछन्। पसलपिच्छे दैनिक उपभोग्य प्वस्तुको मूल्यमा अन्तर देखिन्छ।

भेनेजुएलामाथि प्रतिबन्धको प्रभाब, तेलको मूल्यमा वृद्धि

तेलको मूल्यमा गत हप्ता भेनेजुएलामा भएको राजनीतिक परिघटनालाई लिएर अमेरिकाले राष्ट्रपति निकोलस मदुरोमाथि सत्ता छोड्न वा निर्वाचन गराउन दवाब सिर्जना गर्ने उद्देश्यले थप आर्थिक प्रतिबन्धको घोषणाको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा पनि परेको छ। ‘वेस्ट टेक्सास इन्टरमेडिएट (डब्लुटिआई)’ को मूल्यमा आगामी मार्चका लागि हुने आपूर्तिमा २.९ र ब्रेन्टको मार्चका लागि हुने आपूर्तिमा १.९ प्रतिशतले वृद्धि गर्ने बताएपछि यसको प्रभाव गत हप्तादेखि नै अमेरिका लगायत भेनेजुयलाबाट पेट्रोलियम पदार्थको आयात गर्ने मुलुकमा परेको छ।

पेट्रोल र डिजेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले शनिवार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर ११० र डिजेल र मट्टितेल ९७ रुपैया पुगेको छ।

खेतमै सुक्न थाल्यो उखु

सरकारले उखुको मूल्य तोकेसँगै चिनी उद्योग सञ्चालन हुने आशमा नवलपरासीको प्रतापपुर–६ गुठीप्रशौनीका बच्चाराज भरले गत बुधबारदेखि उखु काट्न सुरु गरे। १५ कट्ठामा लगाइएको उखुमध्ये बच्चाराजले सात–आठ कट्ठाको उखु काटिसकेका छन्। खहुरेर तयारी अवस्थामा राखिएका करिब १० क्विन्टल उखु उनले बिक्रीका लागि लैजान पाएका छैनन्। ‘उद्योग खुलेकै छैनन्, काटेको उखु खेतमै सुक्ने भयो,’ भरले दुखेसो पोखे।

३ कराेडमा १२ हजार सहिद

करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ। सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो। यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ।

कुखुराको दानाको मूल्य अहिलेसम्मकै उच्च

कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ। दाना उद्योगीको भेलाले प्रतिबोरा १५० का दरले दानाको मूल्य बढाएको हो। दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए।

तोकिएको मूल्यमा भन्दा १२% घटाएर उखु किन्दै उद्योगी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले सरकारले तोकेको मूल्यभन्दा १२ प्रतिशत घटाएर उखु किनिरहेको तथ्य बाहिर आएको छ। उखु उत्पादक महासंघले उखुको मूल्य नतोकिए उद्योग चल्न नदिने अडान राखेपछि सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३६ रुपैयाँको दरले तोकेको थियो।

इँटाको मूल्यमा वृद्धि

बाँकेका इँटा उद्योगले इँटाको मूल्यमा वृद्धि गरेका छन्। कच्चा पदार्थ मूल्य बढेसँगै इँटाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्। इँटाको नयाँ मूल्य फागुन १ गतेबाट लागू हुने गरी वृद्धि गरिएको नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष जियानुल खाँनले जानकारी दिए।

मूल्य नपाएपछि बन्दामा डोजर लगाउँदै किसान

तरकारीले मूल्य नपाएपछि किसानले बारीमा चलाएका छन्। खैरहनी नगरपालिका–६, तुलसीपुरका कृषक पुरन चौधरीले बिहीबार बारीमा डोजर लगाएका हुन्। उनले बारीमा लगाएका बन्दा, काउली, मुला अहिले बेच्ने बेला भएको छ। उत्पादन बेच्ने बेलामा लागत मूल्य पनि नपाउँदा डोजर लगाएर तरकारी उत्पादन हटाएको उनी बताउँछन्।

टुटलले विश्वास टुटाउँदा

राजधानी काठमाडौंमा सार्वजनिक यातायात प्रयोगकर्ताका दुःख अनेकन् छन्। भन्नलाई काठमाडौं महानगरपालिका भन्ने ठूलो नाम छ। ललितपुर उपमहानगरपालिका र अन्य नगरपालिका र गाउँपालिकासहित उपत्यकामा झण्डै डेढ दर्जन स्थानीय सरकार छन्। स्थानीय सरकारले यातायातलाई भरपर्दो बनाएका छैनन्।

टुटलद्वारा बिनादर्ता भ्याट असुली

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्स नेपालले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुली गरेको खुलेको छ। मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघसंस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन।

‘प्राधिकरणले पोल भाडा बढाए इन्टरनेटको मूल्य बढ्छ’

इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको नेपाल विद्युत् प्राधिकरणको पोल र फाइबरको भाडादर वृद्धि लागू भए इन्टरनेटको मूल्य पनि बढाउने सेवा प्रदायकले बताएका छन्। प्राधिकरणले पोल प्रयोग गरेबापतको भाडा अस्वाभाविक बढाएको भन्दै उक्त निर्णय स्वीकार्य नभएको इन्टरनेट सेवा प्रदायक संघ नेपालले बताएको छ। प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/०७६ देखि नै इन्टरनेट सेवा प्रदायकले प्रयोग गरिरहेको पोल र ओपिजिडब्लु फाइबरको भाडा बढाउने निर्णय गरेको थियो।

स्टक चिनीको पनि मूल्यवृद्धि

चालु सिजनमा उत्पादित चिनीको मात्र भाउ बढाउने घोषणा गरेका उद्योगीले यही मौका छोप्दै स्टक चिनीको पनि मूल्य वृद्धि गरेका छन्। यो वर्ष चिनीको क्रसिङ सुरु हुनासाथ गत वर्ष उत्पादित स्टक चिनीको पनि मूल्य बढाएका हुन्। उद्योगीको यो कदमसँगै बजारमा चिनी प्रतिकिलो १० रुपैयाँसम्म महँगिएको व्यापारीले बताएका छन्। ६५ देखि ७० रुपैयाँ किलोमा बिक्री भइरहेको चिनीको भाउ अहिले ७५ देखि ८० रुपैयाँ पुगेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रकुमार बज्राचार्यले बताए।

एउटै औषधिको मूल्य अन्तर आठ गुणा बढी

सरकारले औषधि बजारमा प्रभावकारी अनुगमन नगर्दा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। औषधि व्यवस्था विभागले औषधिको उचित मूल्य निर्धारण नगर्दा विदेशबाट आयातितभन्दा स्वदेशमा उत्पादित औषधिको मूल्य आठ गुणासम्म महँगो पर्न गएको छ।

सुनको भाउ ६० हजार तीन सय

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागिरहेको सुनको भाउ उच्च बिन्दुमा पुगेको छ। शुक्रबार स्थानीय बजारमा सुन प्रतितोला ६० हजार तीन सयमा कारोबार भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्