६ आश्विन २०८१ आइतबार
image/svg+xml

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप १० हजार किशोरीलाई दिइने

नेपालको सातै प्रदेश अस्पतालबाट भदौ २७ देखि पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वितरण गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए।

नाबालकको मृत्यु प्रकरणमा क्यानका महानिर्देशक अधिकारीलाई कारण देखाऊ आदेश

उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाई बालकको मृत्यु भएको भन्दै परेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो।

बिरामीको दिमागबाट जुका निकाल्न सफलता

रहस्यमय रोगका लक्षण देखिएकी एक महिला बिरामीको दिमागबाट क्यानबेराका एक न्युरोसर्जनले छटपटाइरहेको जुका (वर्म) निकालेका छन्।

पाठेघरको मुखको क्यान्सरविरुद्धको दोस्रो खोप पनि नमूनामै सीमित

सरकारले केही वर्षअघि चितवन र कास्कीमा सीमित संख्यामा एपिभीविरुद्ध खोप वितरण गरेको थियो। यसपालि पनि सीमित संख्यालाई मात्र यो खोप पुग्ने देखिन्छ।

क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो।

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा. शिवजी पौडेल नियुक्त भएका छन्।

कञ्चनजङ्घा अगरबत्तीको ‘स्क्यान दनादन उपहार टनाटन’ योजना

सावित्री कञ्चनजङ्घा अगरबत्तीले ‘स्क्यान दनादन उपहार टनाटन’ योजना ल्याएको छ। डिजिटल वालेट पे-सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कञ्चनजङ्घा अगर बत्तीले उक्त योजना ल्याएको हो।

क्यानको बागमती प्रदेश अध्यक्षमा उठ्ने पारस खड्काको घोषणा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ क्यानको बागमती प्रदेश अध्यक्षमा उम्मेद्‍वारी घोषणा गरेका छन्।

क्यान्सर ओखतीको विश्वव्यापी बेथिति

क्यान्सरका एक्सिलिरेटेड एप्रुभल प्रोग्राममार्फत स्वीकृति पाएका ओखती इलाजमा प्रभावकारी नहुने सम्भावना ५० प्रतिशतसम्म हुने हेक्का राख्नुपर्छ ।

क्यान्सरपीडित बालिकाको सहयोग याचना

पर्वत जिल्ला घर भई हाल नवलपरासीमा बस्दै आएकी सुनिताले वित्तीय संस्थामा धितो राखेर लिएको ५ लाख र आर्थिक सहयोग जुटेको २ लाख सकिएको छ।

एकल महिला र उनीहरुका छोराछोरीलाई अर्बुद रोगको उपचारमा छुट दिइने

एकल महिला र उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई अर्बुद रोगको उपचारमा ललितपुरको हरिसिद्धीस्थित‘नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर’ले छुट दिने विषयमा सहमति भएको छ।

सरकारी अस्पतालमा पेट स्क्यान नहुँदा मारमा विपन्न

भरतपुर क्यान्सर अस्पतालले पेट स्क्यान मेसिन किन्ने तयारी गरिरहेको छ। तत्कालीन राष्ट्रपति रामवरण यादवको सिफारिसमा तत्कालीन सरकारले भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिद गर्न बजेट विनियोजन गरे पनि अहिलेसम्म किनिएको छैन।

१८ वर्षे बैबाहिक जीवनको अन्त्य गर्दै क्यानडाका प्रधानमन्त्रीले गरे सम्बन्ध विच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोले आफ्नो १८ वर्षे बैबाहिक जीवनको अन्त्य गरेका छन्। यी दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको पुष्टि गरे।

आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि २४ खेलाडी छनोट गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्