१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१८ वर्षे बैबाहिक जीवनको अन्त्य गर्दै क्यानडाका प्रधानमन्त्रीले गरे सम्बन्ध विच्छेद

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडो। तस्बीर साभारः अमेरिकन प्रेस।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोले आफ्नो १८ वर्षे बैबाहिक जीवनको अन्त्य गरेका छन्। यी दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको पुष्टि गरे।

क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार इन्स्टाग्राममा आफ्नो सम्बन्ध विच्छेदको जानकारी दिएका हुन्। जस्टीन ट्रुडेका इस्ट्राग्राममा भने छन्, ट्रुडोले सोफीसँग 'धेरै अर्थपूर्ण र कठिन कुराकानीूहामीले छुट्टिने निर्णय गरेका छौं।' आफ्नो पोस्टमा प्रधानमन्त्री ट्रुडोले भनेका छन्, ‘हामी सधैँ जस्तै परिवार नै रहनेछौँ। हामीले एकअर्काको माया र सम्मानका लागि जे गरेका छौँ, गरिरहनेछौँ।’  

प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन्। प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई यस समयमा आफ्ना बालबालिकाको भलाइका लागि यस मामिलाको गोपनीयतालाई सम्मान गर्न अपिल गरेका छन्। दम्पतीका तीन सन्तान छन् ।

इन्स्टाग्राम पोस्ट बाहेक पीएमओले पनि यस सम्बन्धमा एक बयान जारी गरेको छ। पीएमओले पनि यो जोडीले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेको पुष्टि गरेको छ। 

प्रकाशित: १८ श्रावण २०८० ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App