निर्वाचन आयोगद्वारा भदौ २२ सम्म दल छनोट गर्ने समयसीमा
निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ।
निर्वाचन आयोगले नेकपा एमाले र जसपाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई २२ भदौसम्मको समयसीमा निर्धारण गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा (एकीकृत समाजवादी) दर्ता गर्ने निर्णय भएको जानकारी दिए। आयोगले यस्तो निर्णय गरेसँगै अन्ततः एमाले विभाजित हुन पुगेको छ। एमाले विभाजनको अवस्थामा आउनुअघि पार्टीमा लामो रस्साकस्सी चलेको थियो।
नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन्। यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो।
जसपाका पूर्व अध्यक्ष समेत रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।
नेकपा (एकीकृत समाजवादी दल) दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन्।
आयोगले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर गरेका नेताहरूको हस्ताक्षर सनाखतका लागि कार्यालयमा बोलाएको हो।
निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दल दर्ता प्रक्रिया आज टुंगो लगाउने भएको छ। दुवै दलका नेताले आज सनाखतका लागि भौतिक रूपमा उपस्थिति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखतका लागि भाेलि (बुधबार) काे समय तोकेको छ।
विगतमा कठोर देखिएका ओली माधव नेपाल नयाँ पार्टी खोल्न अघि बढेपछि यति बेला १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न र विगतका कमिटी ब्युँताउन सहमत भएका छन्।
निर्वाचन आयोगले एमालेको पुरानै केन्द्रीय कमिटीलाई मान्यता दिने भएपछि पार्टी विभाजन प्रक्रियामा रहेका नेपाललाई फाइदा हुने भएको छ। एमाले अध्यक्ष ओलीले गत साता २०३ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर २६० सदस्यीय पुर्याई अद्यावधिक गर्न आयोगमा विवरण पठाएका थिए।
पाँच दिनभित्र सबै जना उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ। निर्वाचन आयोगले नौं गते सनाखतका लागि बोलाएको छ। त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ। हामी सरकारमा जाने ढोका खुल्छ।
नेकपा एमाले र जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका दुवै दलका नेताले शुक्रबार फेरि नाम परिवर्तन गरेका छन्।
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन्।
नेता नेपालले नयाँ पार्टी खोल्न केपी ओलीले अंगीकार गरेको नीति, सिद्धान्त र विचारले बाध्य बनाएको बताएका छन्।
‘आधिकारिकताका सम्बन्धमा दुवै पक्षका दाबी सुनुवाइ गरी केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति र सनाखतसमेत लिई आवश्यक संख्यामा कानुनबमोजिम छ वा छैन भन्ने अन्तिम निर्णयको विषय देखिएको, उठाइएका अन्य विषयमा समेत अन्तिम निर्णय हुँदा विचार हुने नै भएकाले तत्काल निवेदकलाई अपूरणीय क्षति पुग्ने नदेखिएकाले अन्तरिम आदेश जारी गर्नुपरेन,’ सर्वोच्चले सोमबारको आदेशमा भनेको छ।