जलविद्युत् प्रवर्द्धकलाई टर्बाइनकै चिन्ता
प्रविधिको हिसाबले संसारमै जलविद्युत् उत्पादन प्रविधिलाई उत्तम मानिए पनि नेपाली प्रवर्द्धकहरुलाई सधैंभरि ‘टर्बाइन’को समस्याले पिरोल्ने गरेको छ।
प्रविधिको हिसाबले संसारमै जलविद्युत् उत्पादन प्रविधिलाई उत्तम मानिए पनि नेपाली प्रवर्द्धकहरुलाई सधैंभरि ‘टर्बाइन’को समस्याले पिरोल्ने गरेको छ।
नेपाल विविध हस्तकला र सिपले भरिपूर्ण मूलुक हो। यहाँका विभिन्न जातजातिको आफ्नै परम्परागत कला छन्। विविध मौलिक कला र सिपको उचित व्यवस्थापन नहुँदा नेपालको अर्थतन्त्रमा अपेक्षित लाभ मिल्न सकेको छैन। हस्तकला सामग्रीका विषयमा विकसित राष्ट्र र विकासोन्मुख देशबीच बुझ्ने शैलीमा फरक छ। नेपालमा हस्तकला भन्नेबित्तिकै सीमित स्रोत र साधन, दक्ष कालिगढले पारिवारिक जनशक्तिका भरमा पुर्खाको पेशालाई निरन्तरता दिने सिप भन्ने बुझिन्छ।
नाफा आर्जन गर्ने वा नगर्ने उद्देश्य राखेर खोलिएका उद्योग, संघ, संस्थाले अबदेखि श्रमिकलाई काम लगाएदेखि नै सञ्चयकोष र उपदान उपलब्ध गराउनुपर्ने भएको छ। निजी उद्योग, प्रतिष्ठानमा काम गर्ने मजदुरहरूको सामाजिक सुरक्षा व्यवस्था कमजोर रहेको आवाज उठिरहेका बेला व्यवस्थापिका संसद्ले पारित गरेको श्रम ऐनले यो व्यवस्था गरेको हो। ऐनले श्रमिकका लागि सञ्चय कोष र उपदानको अनिवार्य व्यवस्था गरेको हो।
हलिउड कलाकार एम्मा स्टोन सन् २०१७ को सबैभन्दा बढी पारिश्रमिक पाउने कलाकार बनेकी छिन् । फोब्र्स म्यागेजिनले हालसालै प्रकाशित गरेको एक तथ्यांकमा स्टोन हलिउडको गायन क्षेत्रका महंगा कलाकारहरूमध्येमा सबैभन्दा महंगी कलाकार बनेकी छिन् ।
कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको संस्था धुर्मुश–सुन्तली फाउण्डेशसनले पूर्वी तराईमा प्राकृतिक विपत्तीमा परेकालाईं प्रत्यक्ष भेटेर राहत वितरण थालेको छ।
अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक सहयोगको घोषणा गरेका छन् ।
यो वर्षको राष्ट्रियकला प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भयो । देशभरिका चार सय २६ कलाकारका चार सय ५८ कलाकृति प्रदर्शनमा राखिएका थिए । सधैँजस्तो यो वर्ष सुधारिएर प्रस्तुत हुन्छौ“ भन्दाभन्दै पनि राष्ट्रियकला प्रतियोगिता विवादरहित हुन सकेन । विशेषतः प्रतियोगिता मिथिलाकला पुरस्कारका सन्दर्भमा विवादित बन्यो । निर्णायक मण्डलीमा रहेकाहरू पूर्ण सक्षम नभएको, पुरस्कार आफ्ना मान्छेका कमजोर कलाकृतिलाई दिइएको आक्षेप लगाइयो । विवाद सतहमा आइसकेकाले सम्बन्धित पक्षको स्पष्टीकरण आउला । जे भए पनि नेपाल ललितकला संस्थानले राष्ट्रभरिका सम्पूर्ण कलाकारलाई समेट्ने र एक सूत्रमा बाँध्ने उद्देश्यमा थालनी गरेको यो कार्यक्रम नियमित हुन सक्नु नै नेपाली कलाको विकास तथा सक्रियताको सूचक हो ।
बलिउडमा लामो समयदेखि क्रियाशिल कलाकार सिताराम पञ्चालको निधन भएको छ । विगत तीन वर्षदेखि क्यान्सर रोगबाट ग्रसित उनको बिहीबार निधन भएको हो ।
७३ वर्षमा टेक्दै गरेका कलाकार प्रेममान चित्रकार कला सामग्री हातमा खेलाउँदै हुर्के । बाजेदेखि बाबुसम्मको पुस्ताको पेशा नै चित्र बनाउने भएपछि उनलाई पनि अन्य पेशातिर ध्यानै गएन । बावु र बाजेले कोरेको चित्र हेरेरै हुर्किएका उनी चाहिँ बाबुबाजेभन्दा पृथक किसिमको रंगमा चित्र कोर्न थाले । ‘खानी रंगका लागि ढुंगा पिँध्दै हैरान हुन्थ्यो,’ प्रेममानले सम्झे, ‘वनस्पतिको रंग, काठलाई उमालेर, रूखका पात, फूलको केशरी घोलेर नयाँ रंग निकाल्ने कोशिश गर्थें ।’ उनले विगतका ती रंग निर्माण विधिबारे पुस्तक पनि लेखेका छन् ।
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा विद्येयक फास्ट्रयाक बाट पास गर्नु परेकोले तत्काल अन्तिमरुप दिन संसदीय समितिलाई आग्रह गरेका छन्।
भारतीय नागरिक रिकुटर मोहमद शफी अरमरलाई अमेरिकाले विश्व आतंककारी भएको घोषणा गरेको छ। उनीमाथि भारत र त्यसका सीमावर्ती क्षेत्रमा आतंक फैलाएको आरोप लागेको छ।
स्थानीय तहको निर्वाचनले अर्घाखाँचीलाई पनि छपक्कै छोपेको छ । अर्घाखाँचीमा प्रमुख तीन र कतै चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । असार १४ गते हुने निर्वाचनमा कुन पार्टीले नगरपालिकाको मेयर र उपमेयर पदमा नेतृत्व गर्ला भन्ने जिज्ञासा मतदाताहरूमा तीब्र छ ।
आयोजक इङ्ल्यान्ड र बंगलादेशबीच बिहीबार दी ओभलमा हुने च्याम्पियन्स ट्रफीको उद्घाटन खेलका लागि दर्शकलाई निर्धारित समयमै मैदानमा उपस्थित हुन आयोजकहरूले आग्रह गरेका छन्। समयमै आइनपुगे उनीहरूले सुरुआतका केही रमाइला दृष्यहरू गुमाउने भन्दै सचेत बनाइएको छ।
प्रकृतिलाई दुरुस्त उतार्नेबाहेक अरु उपाय हामीसँग छैन– कलाकार राजन काफ्लेको अनुभव छ । उनका अनुसार कलामा प्रकृतिकोे प्रभाव, विस्तार र निरन्तरता खोज्न पनि सहज छैन ।
कलाकार एवम् शिक्षक विक्रम परियारलाई निर्वाचन सहिद घोषणा गर्न माग गरिएको छ।