हस्तकला उद्योग र विकास
नेपाल विविध हस्तकला र सिपले भरिपूर्ण मूलुक हो। यहाँका विभिन्न जातजातिको आफ्नै परम्परागत कला छन्। विविध मौलिक कला र सिपको उचित व्यवस्थापन नहुँदा नेपालको अर्थतन्त्रमा अपेक्षित लाभ मिल्न सकेको छैन। हस्तकला सामग्रीका विषयमा विकसित राष्ट्र र विकासोन्मुख देशबीच बुझ्ने शैलीमा फरक छ। नेपालमा हस्तकला भन्नेबित्तिकै सीमित स्रोत र साधन, दक्ष कालिगढले पारिवारिक जनशक्तिका भरमा पुर्खाको पेशालाई निरन्तरता दिने सिप भन्ने बुझिन्छ।