३ मंसिर २०८१ सोमबार
image/svg+xml

अचार र मासुका सौखिन स्वरसम्राट्

गत मंसिर १९ मा महाराजगञ्जस्थित स्वरसम्राट नारायणगोपाल निवासमा संगीतकर्मी, साहित्यकार र कला अनुरागीले उनको २८ औं स्मृति दिवस मनाइरहँदा त्यही भीडमा ढाका टोपी लगाएका एक अधवैशे व्यक्ति सामान यताउता सारिरहेका थिए। नारायणगोपाल संगीतकोषले आयोजना गरेको सम्मान कार्यक्रममा आएका निम्तालुको स्वागत सत्कारदेखी कार्यक्रम सकिएपछिको सामान मिलाउन तिनै व्यक्ति सक्रिय थिए।

‘चलचित्रः कला र प्रविधि’ सार्वजनिक

फिल्म निर्माणदेखि रिलिजसम्मको प्रक्रियालाई सुक्ष्म किसिमले लेखिएको पुस्तक ‘चलचित्रः कला र प्रविधि’ सार्वजनिक भएको छ। फिल्म, संगीत र साहित्यको अध्ययन र लेखनमा सक्रिय साहित्यकार प्रकाश सायमी लेखेको यो पुस्तकको राजधानीमा गत मंगलबार फिल्मकर्मी चेतन कार्की र त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाविद केदारभक्त माथेमाले सार्वजनिक गरे।

‘हेरिटेज एण्ड अनेष्ट पिपूल’मा रुपकका चित्र

ओखलढुंगाका रुपक राई भिजुअल आर्टमा रुची राख्छन्। तर उनको कलाज्ञान त्यहाँमात्र सिमित छैन्। एक्रोलिक रङ हुन् वा पानी रङको तरंग सबैमा आफ्नो कुची चलाउन खप्पिस छन्। आफ्नो कला अध्ययनबाट कला प्रदर्शनको एकल यात्राको पहिलो पाइलामै उनले कला पारखीलाई आफुभित्रको विविधतायुक्त कलात्मकताको अवलोकन गराएका छन्। संयुक्त कला प्रदर्शनीमा उनका एकाध कला हेरेका पारखीले उनको कलात्मक विविधताको फरक स्वाद चाखेका छन्।

उत्कृष्ट १० कलाकार

पोखरा कला, संस्कृति र प्राकृतिक सम्पदाले अति सम्पन्न क्षेत्र हो। चित्रकला गतिविधिका दृष्टिले पोखरा काठमाडौँपछिको दोस्रो सहर हो। पोखराले राष्ट्रिय स्तरसम्मका कलाकार जन्माइसकेको छ।

बहिनीले दिदीलाई स्वदेश फर्काइन् (भिडियो सहित)

चन्द्रमाला भित्रको छटपटीले दिदी सूर्यमाला र भिनाजु सरोज खनाललाइ सात समुन्द्रपारीबाट नेपाल फर्काउन अनेकन प्रयास गरिरहिन् । अन्ततः उनको प्रयास पाँच/ छ वर्षपछि सफल भयो । त्यसपछि मात्रै दिदी बहिनीको सपना मन्दिर माला आर्ट एकेडेमी खुल्यो

भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी प्रदर्शनी हुँदै

संसारभरिका कलाहरूको केन्द्र मानिने भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी हुँदैछ। कन्टेप्रोरी कलामा काम गरिरहेका ३७ नेपाली कलाकारद्वारा तयार पारिएका ९० वटा आधुनिक कला पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो।

ललितकला र संगीत नाट्य प्रतिष्ठानको नियुक्ति अन्यौलमा

भाषा साहित्य वाङ्मयको विकासका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छ। कला, संस्कृति र नेपाली भाषा साहित्यका लागि गठन भएका तीन प्रज्ञा प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद र प्राज्ञहरूको नियुक्ति भएसँगै यसले पूर्णता पाएको हो।

कविताका लागि चाहिने कच्चा पदार्थ र उपकरण

‘लेखेर मात्रै कविता हुँदैन,’ यो पङ्क्ति कवि मुकुन्दशरण उपाध्यायको यसै शीर्षकको स्फुट कविताबाट उद्धृत गरेको हुँ । कविता अभिव्यक्तिको सौन्दर्यमय भाषिक कला हो । संस्कृतका प्राचीन आचार्य भामहले भनेजस्तै शब्द र अर्थको समन्वय र ग्रिसेली प्राचीन ८ आचार्य अरिस्टोटलले भनेजस्तै प्रकृतिको अनुकृति पनि हो कविता । यसलाई ललितकलाकै एउटा प्रभेदका रूपमा लिइन्छ ।

हलिउड कलाकार फ्रिम्यानले मतिनाको डकुमेन्ट्री बनाउने

हलिउडका प्रख्यात कलाकार मोर्गन फ्रिम्यानले पूर्व कुमारी मतिना शाक्यलाई भेटेको छ। नेशनल जोग्राफिमा ‘द स्टोरी अफ गड’ श्रृंखलामा नेपालका कुमारी बारे पनि देखाउनको लागि फ्रिम्यान पूर्व कुमारी शाक्यसँग कुराकानी गरेको थिए।

दर्शक तान्दै ‘घेरो’

पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटक घरमा मञ्चन भइरहेको लोक नाटक ‘घेरो’ ले दर्शकको ध्यान तानिरहेको छ। नाटक हेर्ने दर्शकको चाप बढ्दो छ।

नेपाल संगाल्दै फर्किए विदेशी कलाकार

विदेशसँग सम्बन्ध जोड्ने माध्यम राजनीति र कुटनीतिलाई लिइन्छ। राजधानीमा भएको जलरङ महोत्सवले भने यी दुई माध्यमभन्दा फरक अर्थात् कला संस्कृतिबाट पनि सम्बन्ध प्रगाढ पार्न सकिन्छ भन्ने सन्देश दियो।

काठमाडौं र लुम्बिनीमा ४० देशका कलाकार सहभागि हुँदै

कला र पर्यटनलाई जोड्दै काठमाडौं र लुम्बिनीमा ‘दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ हुने भएको छ। इन्टरनेसनल वाटरकलर सोसाइटी नेपाल च्याप्टरले आयोजना गर्न लागेको महोत्सवमा नेपालसहित ४० देशका कलाकारले कुची चलाउने छन्।

जसले ३६५ कलाकारलाई एकै ठाउँमा उभ्याए

आफू जन्मेको माटो सबैलाई प्यारो लाग्छ नै । त्यहीँ माटोको गुन र माया सम्झेर केही न केही गरौं भन्ने ऊर्जा धेरैमा जाग्छ । अझ विदेशमा पढ्न गएका नेपालीहरूले जन्मेको ठाउँलाई अधिक माया गर्छन् । विदेशी युनिभर्सिटीमा शिक्षा हासिल गरेर देशको लागि केही गरौं भन्दै स्वदेशमै फर्कन्छन्।

हस्तकला मेलामा सवा नौ करोडको कारोबार

नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा आठ करोड ७५ लाखको कारोबार भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको मेला आइतबार सकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्