१२ असार २०८१ बुधबार
image/svg+xml
अन्य

जसले ३६५ कलाकारलाई एकै ठाउँमा उभ्याए

आफू जन्मेको माटो सबैलाई प्यारो लाग्छ नै । त्यहीँ माटोको गुन र माया सम्झेर केही न केही गरौं भन्ने ऊर्जा धेरैमा जाग्छ । अझ विदेशमा पढ्न गएका नेपालीहरूले जन्मेको ठाउँलाई अधिक माया गर्छन् । विदेशी युनिभर्सिटीमा शिक्षा हासिल गरेर देशको लागि केही गरौं भन्दै स्वदेशमै फर्कन्छन्।

यस्तै मध्येका एक युवा हुन्, निपेश ढाका । जसले जर्मन युनिभर्सिटीबाट डिग्री गरे । पढाइको लागि विदेश गएका उनी त्यतै पलायन भएनन्, नेपाल फर्केर पर्यावरणीय संरक्षणमा लागे । तीन सयभन्दा बढी नामी कलाकारलाई एक ठाउँ भेला गरे । अनि रेकर्ड गराए, वातावरणीय पक्षको चेतनामूलक गीत।

वातावरण जोगाउन एक मात्र जागेर हुँदैन । सबैको हातेमालो जरूरी छ । एक जनाले सुरू गरेको अभियानले सबैमाझ निरन्तरता पाउँदै जान्छ भन्ने विश्वास थियो उनलाई । यो गीत उनले बनाउन उनले २०५७ सालदेखि अभ्यास थालेका थिए । उक्त गीतका लागि उनी कुनाकन्दरा पुगे । जसबाट देशको भूगोल जान्ने र जाच्ने मौका पाए । उनी भन्छन्, ‘अहिले हाम्रो पर्यावरण बिग्रिएको छ, यसले मानव जीवनमा प्रत्यक्ष असर पार्न थालेको छ । तर, हामी उल्टै पर्यावरणको विनास गर्दैछौं, संसारका धेरै देशको लागि पर्यावरणीय रक्षाको विषय निकै चुनौतीपूर्ण बन्दै गएको छ, यस्तो अवस्थामा हामी झनै ग्रस्त हुनसक्छौं, त्यसैले यसबारे सोच्न जरूरी छ।’

उनले नेपालको भौगोलिक बनोट, पर्यावरण, सम्भावना, प्राकृतिक विनासलगायत मानवीयरूपमा प्रकृतिप्रति भएका पक्षलाई जोडेर उनले ३ सय ६५ जना कलाकार भेला गराएर ९० मिनेटको वृतचित्र (भिडियो) तयार पारेका छन् । उक्त गीत गिनिज बुक अफ वल्र्ड रेकर्डमा समाबेश भएको छ । गीतको माध्ययबाट प्रकृति रक्षाको चेतना पनि फैलने र संसारमा रेकर्ड रहेका काम निकै सह्रानीय छ।

उनका सोच सांगीतिक माध्ययमबाट देशको भूगोल र सीमाको रक्षा गर्नु पनि हो । अग्रज कलाकारदेखि दिज्गजसम्मका कलाकारलाई कीर्तिपुर खेल मैदानमा उपस्थित गराएका थिए । कलाकारको महाकुम्भमा पर्यावरणीय रक्षाको पक्षमा भिडियो खिँचिएको थियो । उनी थप्छन्, ‘नेपालमा भएको स्रोत, जल, जमिन र पर्यावरणसम्बन्धी उत्सुकता थियो मलाई । संगीतमा मेरो प्यासन भएको कारणले त्यसमै काम सुरु गरेको थिएँ।’

वातावरण र नेपालको भौगोलिक बनोटदेखि सबै कुराहरू जोडेर गीत बनेको छ । ‘सुरुमा निकै अप्ठेरा भयो, कलाकार जुटाउन निकै मुस्किल पर्यो, सबैलाई कन्सेप्ट सुनाएपछि नाई भन्नुभएन,’ उनले भने । उनको संयोजकत्वमा रेकर्ड भएको ३ सय ६५ जनाले गएको गीत केही समयपछि सार्वजनिक हुनेछ । त्यसपछि युट्युवमा अपलोड हुनेछ । अहिले  अहिले विभिन्न स्कुल कलेजहरूमा देखाउँदै पर्यावरणीय ज्ञान छर्दै आएको ढाकाले सुनाए । गीतले उठाएको समस्या नेपालको मात्रै होइन, यो त ग्लोबल समस्या हो । त्यसैले अन्य भाषामा पनि यो भिडियो रुपान्तरण गरिनेछ।

त्यसको लागि नोभेम्बर १९ र २० मा फ्रान्सको पेरिसमा वातावरणीय सम्मेलन हुँदैछ । त्यसको लागि ५०–६० देशका विभिन्न वैज्ञानिक तथा रिसर्चर, फेलोहरू आउने कार्यक्रम छ । त्यसमा पनि नेपालमा बनेको यो भिडियो प्रस्तुत हुनेछ । उक्त भिडियो ढाकाले नै प्रस्तुत गर्नेछन्।

त्यसो त, यो भिडियो तयार पार्न कम्ता दुःख थिएन ढाकालाई । निरन्तरको खटाई र झन्झटसँग विचलित नभइकन अघि बढेकाले उनको यो काम सफल भएको हो । ‘अभियानलाई मूर्त रूप नदिई आफू उम्किने वाला थिइनँ, त्यसैले गर्दा मलाई धेरै पीडा भएको थियो, त्यसैले त्यो पीडामा रोदनमा मिलानकोलि अर्थ नै त्यै हो पीडा रोदन सन्नाटामा परिकल्पना भएको त्यो नै कृति हो,’ उनले भने, ‘धेरैले के बुझ्नुभाको छ भने गिनिज बुकमा रेकर्ड भएको गीत, यो गीत मात्र हैन, यो एउटा अभियान हो, ९० मिनेटको वृत्तचित्रसहित समेटिएको एउटा गीत हो, जुन गीतले गिनिज वोर्ल्ड रेकर्ड कायम गरेको छ।’

प्रकाशित: ७ मंसिर २०७५ ०५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App