१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेट राम्रो भएकाले बहुमतले पास भयोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्।

मंगलबार संसद्‌ भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। यसअघि बजेट आए लगत्तै संसदीय दलको बैठकमा उनले बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका थिए।

बजेट पास भएको दिनमा भने उनले आफ्नो बोली फेर्दै राम्रो बजेट आएको बताए। साथै सोही कारण बहुमतले पास भएको समेत जिकिर गरे। उनले स‌ंक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘राम्रो छ र बहुमतले पास गर्‍यो।’

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाए। उनले संचारकर्मीहरकाे प्रश्नमा आफूलाई असन्तुष्टि नरहेको जानकारी दिए।

प्रकाशित: ११ असार २०८१ २०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App