३ मंसिर २०८१ सोमबार
image/svg+xml

भोटेकोशीमा सेलिब्रेटीको बन्जी

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘द लास्ट रिसोर्ट’ले कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ, नरेन खड्का, मरिष्का पोखरेल, सागर आले तथा सन्ध्या जोशीसहित मोडल सुप्रिया कटवाल, पहिलो हिमालयन रोडीजका समन श्रेष्ठ, ब्लगर किची बज्रचार्य र भिजे अमृता खनाल गरी १० जनालाई बन्जी, क्यानोनिङ्गजस्ता साहसिक खेल गराएको हो।

हस्तकलाको कुम्भ मेला आइतबारसम्म

काठमाडौंको भृकुटीमण्डपमा हस्तकलाको कुम्भ मेला चलिरहेको छ । बुधबार सुरु भएको मेला आइतबारसम्म चल्नेछ । नेपाल हस्तकला महासंघले आयोजना गरेको १६औं हस्तकला मेलामा देशभरका कलाकार तथा व्यवसायी सहभागी भएका छन्।

प्रदर्शनीमा जोशीको पौभा ‘कलायात्रा’

चारदशकदेखि पौभा कला कोर्न सक्रिय दिपक कुमार जोशीको पौभाको प्रदर्शनी सुरु भएको छ । गत मंगलबार संस्कृतिविद सत्यमोहन जोशीले ‘कलायात्रा’ शीर्षकको कला प्रर्दशनीको सुरुवात भएको थियो । मुख्य आयोजक नेपाल परम्परागत चित्रकला परिषदले सो क्रममा जोशीलाई चारलाख नगद, ताम्रपत्र तथा दोसल्ला सहित सम्मानसमेत गरेको थियो।

‘सहरको फोहरमा राजनीति भयो’

तपाईँको बुझाईमा सहर भनेको के हो? सहर सुविधायुक्त ठाउँ हो । सहरको पूर्वाधार आकर्षक र व्यवस्थित हुन्छ । सडक, स्वास्थ्य, शिक्षा, रोजगारको हिसाबमा पनि अन्तभन्दा सहर नै अगाडि हुन्छ । सहरका सडक र खाली ठाउँहरू हराभरा हुनुपर्छ।

पाटन विश्वको ३५ औँ ‘कला नगरी’ सहर

ललितपुर महानगरमा पर्ने पाटन क्षेत्र विश्वको ३५ औँ ‘कला नगरी’ सहर बनेको छ । विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ सहर घोषणा गरेको हो । परिषद्ले पाटनलाई सम्पदाले भरिपूर्ण र ऐतिहासिक बस्तीयुक्त सुन्दर सहरको रूपमा चित्रणसमेत गरेको छ।

मुलुकको पहिचान बोकेको हस्तकला

हरेक हातमा कला हुन्छ । यही कलाले मुलुकको पहिचान निर्माण गर्छ । जसलाई हस्तकला भनिन्छ । हस्तकलाले कला, संस्कृति, परम्परालाई धानेको हुन्छ । यही हस्तकलाले मुलुकलाई विश्वमा चिनाएको हुन्छ।

१६औं हस्तकला व्यापार मेला सुरु

१६औं हस्तकला व्यापार मेला तथा १४औं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सुरु भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला काठमाडौंको भृकुटीमण्डपमा बुधबार सुरु भएको हो । मेलाको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गरे।

ललितपुर बन्यो विश्व 'क्रयाफ्ट सिटी'

ललितपुर महानगरपालिकालाई विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरिएको छ।  आजदेखि राजधानीमा सुरु भएको १६ औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिताकोे अबसरमा विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई १६ औ विश्व क्राफ्ट सिटीको रुपमा घोषणा गरेको हो।

बुधबारदेखि १६औं हस्तकला व्यापार मेला

१६औं हस्तकला व्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी हुने भएको छ । नेपाल हस्तकला महासंघले यही बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला गर्न लागेको हो।

सेलिब्रेटीको तिहार : ‘कुकुर फुकाएको घरमा सराप्दै हिड्थ्यौं’

तिहार सबैले अाअाफ्नै ढंगले मनाउँछन्। तिहारका पाँच दिनमा पशुपंक्षीको समेत पूजा हुने गर्दछ। सबैभन्दा हेपिएका काग र कुकुरलाई पनि तिहार पूजा गरिन्छ। यसैगरी गाई र गोरुको पूजा पछि भाइ टिका गरिन्छ। यसअर्थमा तिहारको महिमा थप फराकिलो छ।

ल्यान्डस्केपमा सुन्दर खोकना

पूर्वतिर काठमाडौं खाल्डो, दक्षिणमा फूल्चोकीको गुराँस फूल्ने चुचुरो, पश्चिमको हरियो हात्तीवन र चम्पादेवी डाँडा अनि उत्तरमा चोभारमाथि गणेश हिमाल झुल्कदै गरेको दृश्य। ललितपुरको खोकना बस्ती यिनै रमणीयस्थल बीचको फाँटमा बसेको छ।

कलाकारलाई दसैं : कसैलाई रमाइलो, कसैलाई खल्लो

दसैं केही कलाकारका लागि रमाइलो भयो त केहीले पुरानो दसैं सम्झेर चित्त बुझाए । फिल्म, गीत संगीतका कलाकारलाई आम मानिसले झैं दसैं मनाउने चाह हुन्छ । तर धेरैका लागि कमाउने अवसर पनि । कार्यक्रमको चापले चाडवाडकै बेलामा छोप्ने गर्छ।

बिजुलीको पोलले लागेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको इमाडोलस्थित टिकाथलीमा रहेको घर नजिकै बिजुलीको पोलले लागेपछि बोगटी गम्भीर घाइते भएका थिए ।

एउटै मञ्चमा ‘कर्कलाको पानी’ र ‘माटो बोल्छ’ सार्वजनिक

नुवाकोट साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रामकृष्ण गजुरेलको मुक्तक सङ्ग्रह ‘कर्कलाको पानी’ र सदस्य भगवती खनालको गजल सङ्ग्रह ‘माटो बोल्छ’ सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्