२ मंसिर २०८१ आइतबार
image/svg+xml

मूर्तिकला कार्यशालालाई अन्तर्राष्ट्रिय मान्यता

यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ।

शिक्षाको महत्व झल्काउँदै अवधी कला

महिला सशक्तिकरणको निम्ति शिक्षा आवश्यक मानिन्छ। महिलाहरूको साक्षरता, सहभागिता, गुणस्तरीय स्वास्थ्य सेवा, स्वामित्व र जिम्मेवारीको आधारमा सशक्तिकरणको मूल्यांकन गरिएको छ।

सामूहिक कला प्रदर्शनी सुरु

काठमाडौं बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबारदेखि ‘आर्ट विथआउट बोर्डस्’ शीर्षकको सामूहिक कला प्रदर्शनी सुरु भएको छ।

सर्वनाममा मानसिक अस्पताल

उपचारको नाममा शारीरिक यातना दिएको नाटकको पहिलो अंशमा देखिन्छ। दोस्रो अंशमा औषधिको सहयोगमा निको भएको पात्रले आत्महत्या गर्छ।

कलादेखि राजनीतिसम्मका बहस

सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको पहिचानका लागि आयोजना भइरहेको विश्व नेपाली साहित्य महोत्सवअन्तर्गत आइतबार विभिन्न सत्रमा कलाकार र साहित्यकारहरूले बहस गरेका छन्।

कलामा प्राकृतिक दृश्य

बाटोमाथि ढकमक्क फुलेको लालीगुराँस। हरियो जंगलमा चर्दै गरेको गाई। नजिकै हिमालको चुचुरो। अर्कोतर्फ पानी नै पानीले भरिएको समुद्र र त्यसको छाल।

कलामा निर्वस्त्रता

ललितपुर पाटनस्थित एमक्युब आर्ट ग्यालरीमा फागुन ८ देखि संयुक्त कला प्रदर्शनी ‘ट्वान्टी सेड्स अफ न्युड’ सुरु भएको छ। प्रदर्शनीमा २० नेपाली कलाकारका न्युड चित्र, मूर्ति र प्रतिस्थापन कला समेटिएको छ।

विद्यार्थीले बनाए रोबोट र जेनेरेटर

गुरासँ गाउँपालिका–३ पातिकाल्लास्थित सरस्वती माध्यमिक विद्यालयको २९ औं वार्षिकउत्सवमा विद्यार्थीहरुले कलात्मक विज्ञान सामग्रीहरु देखाएर सबैलाई चकित पारेका छन्। उनीहरुले रोवोट, कार, जेनेरेटर, डोजरलगायतका सामग्रीहरु बनाएर देखाएका थिए। ब्याट्री जोडेर उनीहरुले कार पनि गुडाए।

जनकपुरमा चित्रकला प्रदर्शनी

जनकपुरमा आइतबारबाट मुलुकका प्रख्यात कलाकारहरूका ३७ वटा परम्परागत थाङ्का र पौभा चित्रहरूको प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान अन्र्तगत परम्परागत शिल्पकला विभागको आयोजनामा ‘शिल्पकला यात्रा’ मा प्रदर्शनी गरिएको हो। प्रदर्शनीको उद्घाटन प्रदेश नं २ का प्रदेश सभा सदस्य रामआशिष यादवले गरेका थिए।

कलाकार र संगीत कम्पनीबीच चर्कियो विवाद

गायक तथा संगीतकार राजन ईशानले आफूले सिर्जना गरेको गीत विभिन्न संगीत कम्पनीले अनुमतिविना प्रयोग र किनबेच गरेपछि कारबाहीको लागि प्रहरीमा जाहेरी लिएलगत्तै कलाकारहरू आ–आफ्नो गीत संगीत संरक्षण गर्न सक्रिय भएका छन्।

राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वैशाख २ देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ।

दि प्याखँको गुठी घर गुठीकै नाममा

परम्परागत किलागःत्वाको दि प्याखँद्वारा व्यक्तिको नाममा दर्ता भइसकेको दि प्याखँको गुठी घर गुठीकै नाममा ल्याएर नवनिर्माण सुरू गर्न सकिएको खुसीयालीमा शनिबार गोरखाको मनकामना मन्दिरमा समयब्व अर्पण गरियो।

भरतको क्यानभासमा राष्ट्रपतिदेखि आनीसम्म

चित्रकार भरत सिंह भारतको बम्बईमा बसेर चित्रकारिता गरिरहेका छन्। उनी सानै छँदा नेपालको धनगढीबाट उनको परिवार बम्बईमा बसाइँ सर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्