२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

राष्ट्रिय ललितकला प्रदर्शनी हुँदै

काठमाडौ – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आगामी वैशाख २ देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गर्ने भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले राष्ट्रिय ललितकला प्रदर्शनीबारे जानकारी गराएका थिए।

प्रदर्शनीमा चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, प्रतिस्थापन कला, फोटोग्राफी र वास्तुकला लगायतहरू राखिने जानकारी उनले गराए। त्यसबाहेक प्रदर्शनीमा विभिन्न विषयमा अन्तक्र्रिया, कला प्रस्तुति र पुस्तक प्रदर्शनी समेत समावेश हुनेछन्। ‘कलाकारहरूलाई कलामा लाग्न प्रोत्साहित गर्न हरेक वर्ष राष्ट्रिय ललितकला प्रदर्शनीको आयोजना गरिरहेका छौं। प्रदर्शनीमा प्रतिस्पर्धा र गैरप्रतिस्पर्धात्मक विधामा कलाकारहरू सहभागी हुन सक्नेछन्,’ उनले भने, ‘विभिन्न सात प्रदेशका कलाकारहरूलाई केन्द्रित गरेर पुरस्कृत गर्दैछौं।’

तीन हप्तासम्म चल्ने प्रदर्शनी आगामी वैशाख २३ सम्म चल्नेछ। यो प्रदर्शनीको १० औं संस्करण हो। प्रदर्शनीमा सहभागी हुन इच्छुक कलाकारहरूलाई आगामी फागुन २० सम्म प्रतिष्ठानमा आ–आफ्नो कलाहरू बुझाउन आह्वान गरेको छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App