१२ मंसिर २०८१ बुधबार
image/svg+xml

शिक्षकलाई सेवाकालीन तालिम

ताप्लेजुङको फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका १२ विद्यालयका २० जना शिक्षकलाई पेसागत विकाससम्बन्धी सेवाकालीन (टिपिडी) तालिम दिन सुरु गरिएको छ।

पारच्याङमा पहिलो ग्रामीण अस्पताल निर्माण सुरु

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाअन्तर्गत पारच्याङमा पहिलो ग्रामीण अस्पतालको निर्माण कार्य सुरु भएको छ।

फेवातालमा चालकबिना डुंगा चलाउन प्रतिबन्ध, दिउँसो साढे तीन बजेपछि चलाउन नपाइने

यात्रु आफैले डुंगा चलाउँदा जोखिम हुने निष्कर्ष निकाल्दै फेवातालमा अबदेखि डुंगा सयर गराउँदा चालक अनिवार्य गरिएको छ। यसअघि यात्रु आफैले डुंगा चलाउन जानेको भन्दै रिजर्भ गरेर लैजाने चलन थियो। तर, अब भने प्रशासनले चालक बिना डुंगा सयर गराउन नपाउने गरि कडाई गरेको छ। त्यस्तै अबका केही महिना दिउँसो साढे ३ बजेपछि तालमा डुंगा चलाउन नदिने निर्णय भएको छ।

हावाको झोक्कामा परेर फेवातालमा डुंगा घोप्टिँदा, थिचिएर एक जनाको ज्यान गयो (अपडेट)

शनिबार दिउँसो सवा चारबजेतिर एकाएक हावा चल्यो। हावाको झोक्कामा परेर फेवातालमा छाल निम्तियो। त्यही छालमा परेर पोखरा महानगरपालिका–१ बगरको एकैपरिवार सवार डुंगा फेवातालमा घोप्टियो। डुंगा चढ्नुअघि सबै यात्रुले लाइफ ज्याकेट त लगाएका थिए। तरपनि आफै सवार डुंगा घोप्टिँदा च्यापिएर एकजना वृद्धाको भने ज्यान गएको छ। अरु भने सकुशल रहे।

हावाहुरीले फेवातालमा डुंगा पल्टियो, लाइफ ज्याकेट र बेलैमा उद्धार हुँदा क्षति रोकियो

एक्कासी लागेको हावाहुरीले शनिबार दिउँसो फेवातालमा डुंगा पल्टिँएका छन्। चारवटा कायक र परिवार सवार एउटा डुंगा पल्टिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार डुंगाले च्यापेर एकजना वृद्धा बेहोस भएकी छिन्। बेलैमा उद्धार हुँदा मानवीय क्षति हुन नपाएको प्रहरीले बताएको छ।

तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

कलैया प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।

पूर्ननिर्माण गरिँदै तालबराही, दुइदिनसम्म क्षमापूजा

फेवातालको बीचभागमा रहेको तालबराही मन्दिरको पूर्ननिर्माणको तयारी थालिएको छ। मन्दिर तीनइन्च दक्षिण ढल्किँदा जोखिम बढेको भन्दै पूर्ननिर्माण गर्न थालिएको हो। चैत पहिलो सातादेखि मन्दिर पूर्ननिर्माण थालिने तालबराही मन्दिर गुठीले बताएको छ। पूर्ननिर्माण सुरु हुनुअघि प्राण प्रतिष्ठा सहित मन्दिरमा दुइदिनसम्म क्षमा पुजा गरिएको छ।

अपाङ्गता भएकालाई लेखा तालिम

नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपाङ्गता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ।

राष्ट्रपतिका दुई उम्मेदवारविरुद्ध उजुरी परेन

निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका दुवै उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेको जनाएको छ।

आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या

नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ।

‘जलन’ उपचारका लागि छैनन् अस्पताल र आइसीयु चिकित्सक

जलनको विशेष तालिम नलिएका चिकित्सकहरुलाई जलनको आइसीयु हेर्न गाह्रो हुने उनले बताए। जनरल आइसीयु हेर्ने चिकित्सकले जलनको आइसीयु हेर्न नसक्ने डा. नकर्मीको भनाइ छ।

चिकित्सक अभावले धवलागिरि अस्पतालको सेवा प्रभावित

एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र छ मेडिकल अधिकृतको दरबन्दी रहेको उक्त अस्पतालमा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुङ्गाना र डा. अभिशेष वाग्ले मात्रै कार्यरत छन्।

प्रदेश प्रहरी अस्पताल शुभारम्भ

मोरङको बेलबारी-३ मा बुधबार १ नं प्रदेश प्रहरी अस्पतालको प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले उदघाटन गरे।

हिमाल अस्पतालको लापरबाहीका कारण छोरीको ज्यान गएको आरोप, उचित क्षतिपूर्तिको माग

अस्पताल र चिकित्सकको लापरबाहीका कारण २८ महिनाको आफ्नी छोरी गुमाउनु परेको भन्दै मोरङका एक दम्पत्तिले काठमाडौंको नक्सालस्थित हिमाल अस्पतालसँग उचित क्षतिपूर्तिको माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्