२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेद चिकित्सालयमा स्थायी कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या

नरदेवीस्थित आयुर्वेद चिकित्सालयमा स्थायी दरबन्दीका कर्मचारी घट्न थालेपछि सेवा प्रवाहमा समस्या हुन थालेको छ। चिकित्सालयमा ९९ कर्मचारीको स्थायी दरबन्दी रहेकामा हाल ४४ स्थायी कर्मचारी मात्र कार्यरत रहेको चिकित्सालयका निर्देशक डा प्रदीप केसीले बताए।

विकास समितिति समेत गरी ६६ कर्मचारी करारमा कार्यरत रहेको उनले जानकारी दिए। अन्यत्रबाट काजमा आएका कार्यरत कर्मचारीको संख्या आठ छ। एकाउन्न जनालाई भने दरबन्दीकै ठाउँमा करारमा राखिएको छ। चिकित्सालयको संगठनात्मक तालिका नभएकाले स्थायी प्रक्रियामा विज्ञापन गरेर नियुक्तिको प्रक्रियामा जान नसकिएको अस्पताल प्रशासनले जनाएको छ। यसले गर्दा सेवाप्रवाहमा समस्या भएको छ। आयुर्वेदतर्फको केन्द्रीय अस्पतालका रूपमा रहेको चिकित्सालयमा १०० शय्या छ।

पछिल्लो समय बिरामीको संख्या पनि बढ्न थालेको छ। हाल दैनिक तीन सय बिरामी बहिरङ्ग सेवा लिन चिकित्सालयमा आउने गरे पनि जनशक्तिको अभावमा सेवा प्रवाहमा समस्या भएको छ। सय शय्या भएको अस्पतालमा कम्तीमा ४० नर्स चाहिने नियम भए पनि हाल यहाँ १६ जना मात्र कार्यरत छन्। रासस

प्रकाशित: १४ फाल्गुन २०७९ ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App