२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कलैया प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

घण्टौ लाइनमा लाग्दा समेत उपचार नगराएर फर्कनु पर्ने अवस्था

कलैया अस्पताल चेकजाँच गराउन पुर्जी कटाउनको लागि काउण्टर अगाडी लाइनमा बसेकाहरुको भिड।

बिरामीहरुले उपचारको लािग आउन रुची नदेखाउने र  बाध्यतावस उपचार गराउन आइसके पछि अन्य अस्पतालमा त्यस बिरामीहरुलाई रेफर गर्ने परिचय बनाएको कलैया अस्पतालको उपचार प्रति यस क्षेत्रको मानिसहरुको बिश्वास बढदै गएको छ।

कलैया अस्पतालको सेवामा सुधार आए पछि बिरामीहरुको दिन दिनै चाप बढदै गएको बताइएको छ। महागढीमाई नगरपालिकाको कवही मधुरी निवासी ७० वर्षिय ईमाम मियाँ बुधबार कलैया प्रदेशिक अस्पतालमा चेकजाँच गराउनको लागि बिहानै १०:३० बजे देखि पुर्जी कटाउने लाइनमा बसेका थिए।

१०: ३० देखि १:३० बजेसम्म पनि पुर्जी कटाउन नसके पछि उनी निरास देखिएका थिए। ३ घण्टा देखि पुर्जी कटाउन लाइनमा बसे पनि भिडले गर्दा पुर्जी कटाउन नसकिएको दु:खेसो ईमाम मियाँले सुनाए।

टाउँको बेला बेलामा दुख्ने गरेकोले त्यसको उपचार गराउन कलैया अस्पतालमा आएको उनले बताए। बढी बिरामी पुगेको भन्दै पुर्जी काटन बन्द गरिएको पुर्जी काटने काउण्टरको कर्मचारीहरुले भने पछि उनी निसार बनेका थिए।

मियाँ एउटा उदाहरण मात्रै हुन कलैया अस्पतालमा आउने कतिपय बिरामीहरुले उपचार नै नगराएर घर फर्कनु पर्ने अवस्था अहिले रहेको बिरामीहरुले गुनासो गरेका छन्।

कलैया अस्पतालमा  आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।

कलैया प्रादेशिक अस्पतालमा निमित्त सुपरिटेडेन्ट डा. सुनिल जैसवालले ६ जना विशेषज्ञ डाक्टरहरु र ४ जना मेडिकल अधिकृत गरि  १० जनाको दरबन्दी रहेकोमा आफू मात्रै दरबन्दी अनुसारको डाक्टर रहेका बताए।

दरबन्दी अनुसारको डाक्टरहरु नभए पछि करारमा डाक्टरहरु राखेर सेवा दिनु परेको उनले गुनासो गरे। बिरामीहरुको चाप दिन दिनै बढदै गए पनि  कायम रहेको दरबन्दीमा  डाक्टरहरु नपठाइएको कारणले मधेश प्रदेश सरकार र कलैया अस्पतालले करारमा डाक्टरहरु राखेर सेवा दिने कार्य गरेको उनले बताए।

अहिले कलैया अस्पतालमा फिजिसियन विशेषज्ञ, सर्जरी विशेषज्ञ, हार्डजोर्नी विशेषज्ञ ,प्रसुती रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनराल फिजिसियन लगाएतको विशेषज्ञ डाक्टरहरुले सेवा दिई रहेको उनले बताए।

५० शय्याको स्विकृति रहेको कलैया अस्पतालमा अहिले ७६ वटा शय्यााबाट बिरामीहरुको उपचार गर्ने कार्य भैरहेको उनले बताए। कलैया प्रादेशिक अस्पतालबाट मुटु, दम,हाडजोर्नी, प्रसुती, हाईड्रो सिल लगाएतका सबै प्रकारका रोगहरुको उपचार शुरु गरिए पछि बाराको साथ साथै रौतहट र सर्लाही जिल्लाका बिरामीहरु पनि उपचार गराउने आउने गरेको दाबी डा. जैसवालले गरे।

चालु आर्थिक वर्षमा मधेश प्रदेशको समाजिक विकास मन्त्रालयले गरेको न्युन्तम सेवा मापडण्ड सर्वेक्षणमा प्रदेश भरीका ६ वटा अस्पतालहरु मध्ये कलैया अस्पताल दोस्रो भएको उनले बताए।

कलैया अस्पतालमा खटाइएका अधिकांश डाक्टरहरु स्थानीय भएकाले बढी समय दिएर बिरामीहरुलाई राम्रोसँग चेकजाँच गर्ने गरेको र यसको साथ साथै कलैयावासी र राजनीतिक दलहरु गरेर सबै तिरबाट सहयोग भएकै कारणले कलैया अस्पताल प्रति विश्वास बढदै गएको उनले बताए।

प्रकाशित: १७ फाल्गुन २०७९ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App