९ मंसिर २०८१ आइतबार
image/svg+xml

आर्थिक अपराधले आक्रान्त नेपाल

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा हरेक वर्ष तीव्र गतिले बढिरहेको देखिने सरकारी बजेटको अपव्यय, बढ्दो बेरुजु र अराजकता, आर्थिक अपराधका सत्य कथाहरू आदिका कारण सत्तामा आर्थिक अपराधीहरूको जगजगी हो।

ललिता निवास प्रकरण: पक्राउ परेकामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ।

ललिता निवास प्रकारण: चार व्यक्तिको रिट खारेज

ललिता निवास जग्गा प्रकरण अन्तर्गत सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जनाको रिट निवेदन खारेज भएको छ।

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले आज निर्णय सुनाउँदै

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ।

ललिता निवासको थुनछेक मुद्दामा बहस सकिएन

ललिता निवासको जग्गाको कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकाहरूको सुनुवाइ नसकिएपछि बुधबार पनि ‘हेर्दाहेर्दै’मा रहेको छ।

राय दिने न्यायाधीशलाई उन्मुक्ति

चर्चित ललिता निवास जग्गा प्रकरणमा तत्कालीन भौतिक, योजना तथा निर्माण मन्त्रालयबाट टिप्पणी उठ्दा ऐननियम हेर्ने कानुन विभागका उपसचिव हालका न्यायाधीश विनोदकुमार गौतमलाई उन्मुक्ति दिएर उनकै रायका आधारमा टिप्पणी उठाउने तत्कालीन अधिकृत एवं हालका सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरिएको छ।

छुट्लान् त सचिव राउत?

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरण मुद्दाको अनुसन्धानमा तानिएका बहालवाला सचिव कृष्णबहादुर राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ।

ललिता निवास प्रकरणमा मालपोतका तत्कालीन दुई कर्मचारी पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) मंगलबार थप दुई जनालाई पक्राउ गरेको हो।

पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ।

गुरुङलाई पक्राउ गरेकोमा निजी क्षेत्रका तीन संस्थाको बिरोध

ललिता निवासको जग्गा प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ गरेकोमा निजीक्षेत्रका छाता संस्थाहरूले बिरोध जनाएका छन्।

ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

पक्राउ पर्नेमा तत्कालीन नापी अधिकृत ध्रुब अर्याल र समरजंग कम्पनीको प्रमुख लोकहरी घिमिरे रहेका छन्।

ललिता निवास प्रकरणः चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

अन्तरिम आदेश खारेजीको सुनुवाइ भएन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ललिता निवास जग्गा प्रकरणसँग सम्बन्धित अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च अदालतमा दर्ता गरेको भ्याकेटको निवेदनमा बुधबार सुनुवाइ हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्