१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चले आज निर्णय सुनाउँदै

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा सुनुवाई भइरहेको छ। हिजो सुनुवाइ सकिएपछि सर्वोच्चले आज निर्णय सुनाउन लागेको हो।

प्रकाशित: ५ श्रावण २०८० ०६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App