१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

राष्ट्र सङ्घका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै

चारदिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ।

नेपाली आकाशमा सय हवाई दुर्घटना

नेपाली आकाशमा एक सय बढी हवाई दुर्घटना भएका छन्। मंगलबार सोलुखुम्बुमा भएको हेलिकोप्टरसँगै दुर्घटनाको संख्या १ सय ५ पुगेको छ।

सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन्। जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन्।

पदाधिकारी बैठक स्थगन गरेर भवन उद्घाटन गर्न दाहाल सोलुखुम्बुमा

सोमबार बिहान समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर पार्टीका नेताहरुसहित सोलुखुम्बु पुगेका हुन्।

जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे खोला नजिक दुर्घटना हुँदा सोलुखुम्बुमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको मृत्यु भएको हो।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले राखे विश्व रेकर्ड

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान राखेका छन्।

बहराइनमा महिला बेच्ने बीस वर्षपछि पक्राउ

सोलुखुम्बुकी दुर्गामाया राईलाई बहराइनको अस्पतालमा जागिर लगाइदिने भन्दै घरेलु कामदारका रूपमा बेच्ने खोटाङका चन्द्रदीप राई पक्राउ परेका हुन्।

दावा र ल्हामुलाई उपाधि

तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पर्यटन वर्ष सन् २०२० लाई समेत लक्षित गरी आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ अन्तर्गत पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पाले जितेका छन्।

सोलुखुम्बुमा बेलायती नागरिक मृत फेला

सोलुखुम्बुमा एक विदेशी नागरिक मृत भेटिएका छन्। जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका ४ को एक होटलमा बास बसेका ५४ बर्षका एक बेलायती नागरिक मृत भेटिएका हुन्।

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु

जिल्लाको तल्लो क्षेत्रमा पनि पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष सन् २०२० लक्षित ‘सोलुखुम्बुु ट्रेल रेस’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ।

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’शुरु

जिल्लाको तल्लो क्षेत्रमा पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष २०२० लक्षित ‘सोलुखुम्बु ट्रेल रेस’ ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ।

पर्यटन प्रवर्द्धनका लागि म्याराथन, इटालियन धावक प्रथम

पर्यटन प्रवर्द्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिसन काठमाडौंको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको थियो।

उडिरहेको हेलिकोप्टरबाट सामान खसेपछि...

फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन्।

काकाबाट भतिजी बलात्कृत

सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्