१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धनका लागि म्याराथन, इटालियन धावक प्रथम

सोलुखुम्बु– पर्यटन प्रवर्द्धनका लागि सोलुखुम्बुमा म्याराथन प्रतियोगिताको आयोजना गरिएको छ। मोन्भिसो नेपाल फाउण्डेशनको आर्थिक सहयोग तथा मोन्भिसो ट्रेकिङ एण्ड एक्पिटिसन काठमाडौंको आयोजनामा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु देखि वडा नं १ टाक्सिन्दुको नुनथलासम्म ३० किलोमिटर म्याराथनको आयोजना गरिएको थियो।

३६ नेपाली र १० इटालियन धावकको सहभागिता रहेको प्रतियोगितामा पुरुषतर्फ इटालियन नागरिक क्वाग्लीया जियोेभानी प्रथम भएका छन्। उनले निर्धारित दुरी २ घण्टा २९ मिनेटमा पार गरेका हुन्। त्यस्तै, रविन बस्नेत निर्धारित दुरी २ घण्टा ३२ मिनेटमा पार गर्दै द्वितीय भए भने २ घण्टा ३३ मिनेटमा ३० किलोमिटर दुरी पार गर्दै बसन्त राई तृतीय भए।

महिलातर्फ इटालियन नागरिक डेमाटिस ईन्रिका प्रथम भएकी छिन्। उनले निर्धारित दुरी ३ घण्टा २० मिनेटमा पारेकी हुन्। ३ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गर्दै इटालियन नागरिक डेमाटिस लुईसा द्वितीय भएकी छिन् भने ३ घण्टा ३५ मिनेटमा दुरी पार गर्दै मुना राई तृतीय भएकी छिन्।

पुरुष तथा महिलातर्फका विजेताले नगद ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन्। महिला पुरुष दुवैलाई पुरस्कारको व्यवस्था मिलाइएको छ। पर्यटन बर्ष सन् २०२० लाई लक्षित गर्दै स्वदेशी तथा विदेशी धावकहरु सम्मिलित म्याराथनको आयोजना गरिएको मोन्भिसो नेपाल फाउण्डेशनका अध्यक्ष छोङबालामा शेर्पाले बताए। म्याराथनले तल्लो क्षेत्रमा पर्यटन आवागमन बढ्ने अपेक्षा लिइएको छ।

प्रकाशित: ६ कार्तिक २०७६ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App