१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

दावा र ल्हामुलाई उपाधि

ट्रेल रेसमा सहभागी विदेशी तथा नेपाली धावकहरु फाप्लुमा।तस्बिरः शिखरजंग श्रेष्ठ/नागरिक

सोलुखुम्बु – तल्लो क्षेत्रको पर्यटन प्रवद्र्धन तथा पर्यटन वर्ष सन् २०२० लाई समेत लक्षित गरी आयोजना गरिएको ‘सोलुखुम्बुु ट्रेल रेस’ अन्तर्गत पुरुषतर्फको उपाधि नेपाली धावक दावा शेर्पाले जितेका छन्। उनी निर्धारित ३ सय १० किलोमिटरको दूरी २९ घण्टा ३३ मिनेटमा पार गर्दै प्रथम भएका हुन्। सोलु दूधकुण्ड नगरपालिका ८ धापबाट सुरु भएको रेस आधार शिविर पुगेर पुनःतल्लो क्षेत्रको फाप्लुमा बिहीबार समापन गरिएको हो।

निर्धारित दूरी ३४ घण्टा ४५ मिनेटमा पार गर्दै फ्रेन्च नागरिक मार्क द्वितीय र ३६ घण्टा ३२ मिनेटमा दूरी पार गर्दै पेम्बा शेर्पा तृतीय भए। त्यस्तै, महिलातर्फ ४३ घण्टा ३० मिनेटमा दूरी पार गर्दै ल्हामु शेर्पा प्रथम भएकी छिन् भने ४९ घण्टा ४५ मा दुरी पार गर्दै मिङमारल्हेमी शेर्पा द्वितीय र ५१ घण्टा ५६ मिनेटमा निर्धारित दूरी पार गर्दै पासाङल्हामु शेर्पा तृतीय भए।
६२  विदेशी र पाँच  नेपालीसहित  प्रतियोगितामामा ७७ वर्षका फ्रेन्च नागरिक ज्याकसमेत सहभागी थिए।

प्रकाशित: २९ कार्तिक २०७६ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App