८ वैशाख २०८१ शनिबार
समाज

सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन

सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन्। जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका क्षेत्रका बासिन्दा पाँच दिनदेखि अन्धकारमा रात कटाउन बाध्य छन्।

महाकुलुङ गाउँपालिका-५,चाचालुङस्थित बुदुमखोला लघुजलविद्युत् आयोजनाको मेसिनमा खराबी आएसँगै सो क्षेत्र बिजुलीविहीन छ। महाकुलुङको वडा नं ४ र ५ तथा सोताङ गाउँपालिकाको ५ नाम्लुङ क्षेत्रमा बुदुम खोला लघुजलविद्युत् आयोजनाबाट विद्युत् सेवा उपलब्ध हुँदै आएको थियो। एक सय किलोवाट क्षमताको उक्त योजना अवरुद्ध भएसँगै सो क्षेत्रका बासिन्दा टुकीको भरमा बस्न बाध्य छन्।

बिजुली नहुँदा सबैभन्दा बढी मारमा विद्यार्थी छन्। उनीहरूलाई पढ्न समस्या भएको छ। रेडियो तथा मोबाइल चार्ज गर्न नपाउँदा सञ्चार सेवाबाट समेत वञ्चित भएको स्थानीय मनुहाङ किराँतीले बताए।

मेसिनको टर्वाइन पुल्लीमा खराबी आएको छ। विद्युत् सेवा पुनः सञ्चालन गर्न पहल भइरहेको विद्युत् उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणकुमार राईले बताए। ‘बिग्रिएको मेसिन मर्मत गर्न काठमाडौं पठाएका छौं। ढिलोमा एक साताभित्र सेवा पुनः सञ्चालन हुन्छ’, उनले भने। रासस

प्रकाशित: १४ मंसिर २०७९ ०५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App