१५ असार २०८१ शनिबार
image/svg+xml

६ महिना काम, ६ महिना ठप्प

रसुवा र धादिङ जिल्लाको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको माथिल्लो मैलुङ ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सुस्त भएको छ। निर्माण कार्य सुरु गरिएको सात वर्ष भइसक्दा पनि कामले गति लिन सकेको छैन।

तेस्रो पूर्वाधार सम्मेलन भदौ २५ गतेबाट

नेपाल उद्योग परिसंघले आगामी भदौ २५ गतेबाट तेस्रो पूर्वाधार सम्मेलन गर्ने भएको छ। काठमाडौंमा हुने उक्त सम्मेलनमा सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा सम्मेलनको तयारी भइरहेको परिसंघले जानकारी गराएको छ।

त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ।

अरुण तेस्रोको भौतिक प्रगति २२ प्रतिशत

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत भौतिक निर्माणको काम सम्पन्न भएको छ।

बूढीगण्डकी आयोजनाकाे ढाँचा नबन्दै ३६ अर्ब खर्च

आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसकेको बूढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख खर्च भइसकेको पाइएको छ।

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया दिएका छन्।

सुनकोसी मरिन डाइभर्सनको डिपीआर तयार: ७६ अर्ब लागतमा ५ वर्षमा निर्माण गर्ने लक्ष्य

राष्ट्रिय गौरवको बहुउदेश्य आयोजना अन्तर्गतको सुनकोसी मरिन डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ। डिपिआरमा तयार भएअनुसार झन्डै ७६ अर्ब रुपैया लागतको उक्त आयोजना बन्ने देखिएको छ।

लुम्बिनी गुरुयोजना निर्माणको काम छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले बुद्धको जन्मस्थल लुम्बिनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु आदि क्षेत्रको सर्वाङगिन विकास हुने गरी नयाँ मोडल तयार पार्न पनि लुम्बिनी विकास कोषलाई निर्देशन दिए।

माथिल्लो त्रिशूली थ्री ‘ए’ को ६० मेगावाट विद्युत् प्रसारण लाइनमा जोडियो

माथिल्लो त्रिशूली थ्रि ‘ए’ जलविद्युत् आयोजनाको ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। शुक्रबार बिहान साढे ९ बजेदेखि ६० मेगावट विद्युत् प्रणालीमा जोड्न सफल भएको आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।

२२ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा थपियो

२२.२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जडान भएको छ। परीक्षण उत्पादनको रुपमा थापाटारस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो। आइतबारदेखि व्यावसायिक उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ।

गत आवमा ६५ प्रतिशत मात्र खर्च

जिल्लामा निर्माणाधीन ६ वटा ठूला आयोजनाले गत आर्थिक वर्षमा विनियोजित बजेटको ६५ प्रतिशत मात्र खर्च गर्न सकेका छन्। रानीजमरा कुलरिया सिँचाइ आयोजना, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हुलाकी सडक योजना, मोहनापुल–अत्तरिया सडक योजना, सहजपुर–बोगटान–दिपायल सडक योजना र संघीय आयोजना कार्यान्वयन एकाइ जिल्लाका ६ ठूला आयोजना हुन्। गत आवमा यी आयोजनाका लागि सरकारले ६ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ दिएको थियो। यी पूर्वाधार योजनाले कुल बजेटको ६५ प्रतिशतभन्दा बढी खर्च गर्न सकेनन्।

सर्वेक्षण अनुमति लिने ७७ प्रतिशत घटे

विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष ०७४/७५ को तुलनामा आर्थिक वर्ष ०७५/७६ मा जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिने प्रवद्र्धकको संख्या घटेको देखिएको हो।

महानगरका ४२ विभिन्न गुरुयोजना तयार

काठमाडौं महानगरपालिका सहरी योजना आयोगले ४२ वटा योजनाको गुरुयोजना तयार पारेको जनाएको छ। आयोगले मंगलबार पत्रकार सम्मेलनमार्फत गत आर्थिक वर्ष २०७५/७६ का लागि ४२ वटा विभिन्न योजनाका गुरुयोजना तयार पारी कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकालाई सिफारिस गरेको छ।

चार जलविद्युत् आयोजनाको डिपिआर तयार

विद्युत् विकास विभागले गत आर्थिक वर्षमा चारवटा जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेको छ।

फोहोरमैला जलाउने पहिलो ठूलो योजनाको विरोेध

कृषिका लागि आवश्यक बिरुवा उत्पादन र प्रविधि विस्तारका लागि किनिएको जग्गामा पमैला जलाउने मेसिन राख्ने योजनाको वडास्तरमा विरोध भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्