५ आश्विन २०८१ शनिबार
image/svg+xml

चितवन –२ः उपनिर्वाचनको तयारी अन्तिम चरणमा

चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याइएको छ। तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्।

चितवनका १३ मतदान केन्द्र अतिसंवेदनशील

चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

‘आचारसंहिता नमान्नेलाई नियन्त्रणमा लिनू’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरु भइसकेकाले आचारसंहिता कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवाला निकाय र अधिकारीलाई निर्देशन दिएको छ।

उपनिर्वाचनको व्यवस्थापन चुस्त बनाउन आयोगकाे निर्देशन

यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ।

चितवन-२ का १३ वटा केन्द्र अतिसंवेदनशील,१ हजार २७० प्रहरी परिचालन

चितवन प्रहरीले बैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर- २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ।

उपनिर्वाचनका लागि मौन अवधि लागु, के-के गर्न पाइदैन?

प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू भएको हो।

जितका लागि अन्तिम कसरतमा नेताहरू

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन गएको उपनिर्वाचनको प्रचारप्रसारमा नेताहरू अन्तिम कसरतमा छन्। यस क्षेत्रलाई सबै दलले आफ्नो प्रतिष्ठाका रूपमा लिएका छन्।

चितवनमा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ।

सोधपुछका लागि रास्वपा महामन्त्री ढकालका ड्राइभर प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चितवन उपनिर्वाचन: केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन् ।

आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरू चितवन–२ घरदैलोमा

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्।

चितवन- २ मा कांग्रेसबाट जीत नारायण श्रेष्ठको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता जीत नारायण श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

चितवन २ मा उपनिर्वाचनका लागि कार्यालय स्थापना

बैशाख १० गते हुन लागेको निर्वाचनका लागि जिल्ला कारागार भरतपुर अगाडिको औद्योगिक व्यवसाय विकाश प्रतिष्ठानको कार्यालयमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्