१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जितका लागि अन्तिम कसरतमा नेताहरू

बायाँबाट क्रमश: रवि लामिछाने, जितनारायण श्रेष्ठ र रामप्रसाद न्याैपाने। तस्वीर: नागरिक

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन गएको उपनिर्वाचनको प्रचारप्रसारमा नेताहरू अन्तिम कसरतमा छन्। यस क्षेत्रलाई सबै दलले आफ्नो प्रतिष्ठाका रूपमा लिएका छन्।

गर्मीको प्रवाह नगरी केन्द्रीयस्तरका नेताहरू चुनावी प्रचारमा होमिएको देखिन्छ। नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चालगायतका शीर्ष नेताहरू चितवनमै छन्। उनीहरूले विभिन्न ठाउँमा शक्ति प्रर्दशनसमेत गर्दै आएका छन्। नेपाली कांग्रेस, एमाले रास्वपाले लगातार जस्तै शक्ति प्रर्दशन गरिरहेका छन्।

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुन गएको उपनिर्वाचनको प्रचारप्रसारमा नेताहरू अन्तिम कसरतमा छन्।

केही दिनपहिले रास्वाले धर्मचोकमा राखेको कोणसभामा त्यसको २ दिनपछि कांग्रेसले पनि सोही प्रकृतिको कोणसभा गर्‍यो। त्यहाँ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गरेका थिए। एमालेले पनि ठाउँमा ठाउँमा गरेको छ। मंगलबार बिहान मात्रै एमाले निकट महिलाहरूले र्‍याली निकालेका थिए।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले बदर गरिदिएपछि निर्वाचन हुन लागेको हो। यहाँ लामिछानेले पुनः उम्मेदवारी दिएका छन्। रास्वपाले पनि चुनावी प्रचारप्रसारलाई आक्रमक रूपमा नै लागेको छ। पाटी सभापतिको चुनावी प्रचारप्रसारमा उपसभापति डिपि अर्याल, महामन्त्री डा. मुकुल ढकाल, केन्द्रीय सदस्यहरू विपीन आचार्य, कुसुम महर्जन, धु्रव गिरी, हरि भट्ट, रमेश प्रसाई, विराजभक्त श्रेष्ठ, दिपक बोहोरा नियमित रूपमा लागेको छ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले बदर गरिदिएपछि निर्वाचन हुन लागेको हो। यहाँ लामिछानेले पुनः उम्मेदवारी दिएका छन्।

त्यस्तै सांसद साविता गौतम, तोसिमा कार्कीहरू पनि चितवन आएर सभापतिलाई भोट माग्ने गरेका छन्। विगतमाभन्दा यसपटक यादगार बनाउने बताउँछन् रास्वपाका जिल्ला सभापति कृष्णप्रसाद भुसाल। ‘हामीले इच्छाकामनामा २ हजार ९ सय ८७ मत मात्र पाएका थियौं।

अहिले त्यहाँबाट ६ हजार ल्याउने प्रयास भएको छ,’ उनले भने, ‘यसपटक हामीले ६० हजार मत ल्याउने अपेक्षा छ।’

वैशाख ६ गतेको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत ल्याएर विजयी भएका थिए।

चितवन २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ। लामिछानेले सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाबाट नै मत ल्याएका थिए।

 अहिले रास्वपाले चुनावी प्रचारलाई त्यता केन्द्रित गरेको छ। उनले त्यतिखेर कालिका नगरपालिकामा १२ हजार ४ सय ९५ र भरतपुरका १० वटा वडामा ३३ हजार ८ सय २८ मत ल्याएका थिए। भुसालले त्यो मतको अपमान भएको भन्दै त्यसलाई झापड हान्ने तयारीमा जनता रहेको दाबी गरे।

भ्रष्टचार र सुशासनको नारा दिएर लामिछानेले यसपटक पनि मत मागरिहेका छन्। तर, यसपटकको निर्वाचन शान्तिपूर्ण नहुने होकि भन्ने शंका रास्वपाको जिल्ला नेतृत्व रहेको छ। ‘कांग्रेस, एमालेका साथीहरू हार्ने पक्का जस्तै छ। उहाँहरूले राज्यशक्ति प्रयोग गरेर बुथ कब्जा गर्ने जस्ता कुराहरू भित्रीरूपमा सुनिन आएको छ,’ उनले भने, ‘यस हिसाबमा हामी सचेत छौं।’

चितवन २ मा भरतपुर महानगरपालिकाका १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछ। लामिछानेले सबैभन्दा थोरै इच्छाकामना गाउँपालिकाबाट नै मत ल्याएका थिए।

रास्वपाले विगतको मतलाई अपमान भएको दाबी गरे पनि विपक्षीले फेरी चुनाव हुनुको कारणबारे प्रश्न उठाएका छन्। रविकै कारण राज्यको स्रोत शक्ति खर्चिएर उपचुनाव हुनु दुःखद् रहेको विपक्षीको मुख्य मुद्दा छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लामिछानेले जनतालाई झुक्याउने काम गरेका बताएका थिए।

‘चितवनमा उपनिर्वाचन किन हुँदैछ? अहिले के भइरहेको छ? गम्भीर समीक्षा गर्न आवश्यक छ,’ उनले भनेका थिए, ‘पटकपटकको निर्वाचनमा अनावश्यक खर्च भएको छ।’

अघिल्लो निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गरेर दोस्रो भएका थिए। रास्वपाले भन्दा तेब्बर कम मत ल्याएको कांग्रेस यसपालि मत उल्टाउने कसरतमा छ।

कांग्रेसका शिर्ष नेता चितवनको चुनावी मैदानमा होमिएका छन्। महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा चितवनमा आएर मत मागिसकेका छन्। अहिले केन्द्रीय सदस्य बालकृष्ण खाँण, उमेश श्रेष्ठ, मधु आचार्य, सरिता प्रसाई, रामहरि खतिवडा, दिलमान पाख्रिन, रामनाथ अधिकारी, डिला संग्रौलालगायतका नेता चितवनमै छन्।

अघिल्लो निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले १४ हजार ९ सय ८८ मत प्राप्त गरेर दोस्रो भएका थिए।

वैशाख ७ गते नेता शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेता आउँदै गरेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए।

त्यस्तै यसपटक कांग्रेसले चुनावी रणनीति पनि बनाएको छ। चितवनमा बसाइँसराइ गरेर आउने जिल्लामध्ये प्रमुख हो। विशेषगरी बाग्लुङ, गोरखा, पर्वत, धादिङ लगायतका ठाउँबाट यहाँ बसाइँ सर्दछन्। सोही जिल्लाका नेताहरूलाई चितवनमा नै बोलाएर मत तान्ने प्रयास गरिरहेको छ।

नेपाली कांग्रेसले कारबाहीमा परेका आफ्ना कार्यकर्ताको कारबाही फुकुवा गरेको छ। जसले गर्दा कार्यकर्ताको मनोबल बढेको ध्रुव पोख्रेल बताउँछन्।

जिल्लास्तरमा प्रभावशाली मानिएका पार्टीका पूर्वसभापति विकास कोइराला, कृष्णलाल सापकोटा, केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, महासमिति सदस्य मिना खरेललगायतको कारबाही फुकुवा भएको छ। उनीहरू चुनावी प्रचारप्रसारमा लागेका छन्। चैत्र २४ गतेदेखि घरदैलो थालेका कांग्रेसले अभियान अन्तिम चरणमा रहेको बताएको छ।

केही मतदाताले ५ महिनामै चुनाव हुनुपर्ने कारणबारे प्रश्न उठाउने गरेका छन्। कांग्रेसले यसपटक संविधान रक्षा, चितवनको विकास र समृद्धिका लागि कृषि, पर्यटन, शिक्षा र आभासको मुद्दा उठाएको छ।

नेपाली कांग्रेसले कारबाहीमा परेका आफ्ना कार्यकर्ताको कारबाही फुकुवा गरेको छ। जसले गर्दा कार्यकर्ताको मनोबल बढेको ध्रुव पोख्रेल बताउँछन्।

चितवनमा २२ जना चुनावी मैदानमा होमिएका छन्। तर, मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, एमाले र रास्वपाबीचमै देखिन्छ। तीनवटै पाटीका उम्मेदवार युवा छन्।

नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने चितवनकै हुन्। उनीहरूले चितवनका जनताको समस्या थाहा भएको र यसअघि जनताको समस्यामा साथ दिएको भन्दै मत मागिरहेका छन्। दुवै दल रवि लामिछानेप्रति आक्रामक रूपमा लागेका छन्। लामिछानेलाई पर्यटक उम्मेदवारको संज्ञासमेत दिने गर्छन्।

यसअघिको स्थानीय तहको निर्वाचनमा कालिका र इच्छाकामना जितेको एमालेले पनि आफ्नो पहिलाको मत फर्काउने दाउमा छन्।

वैशाखमा भएका निर्वाचनमा एमालेका उम्मेदवार कृष्णभक्त पाखरेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए। तर, प्रदेशतर्फको प्रत्यक्षमा ३० हजार मत प्राप्त गरेको थियो। सो मत जोगाउन सके पनि निर्वाचन जित्न सकिने धारणा राख्छन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली।

 ‘यसअघि एउटै मान्छे पटकपटक भन्ने थियो। अहिले त्यस्तो नेगेटिभ छैन। एमालेको जनाधार सुधार हुँदै गएको छ,’ उनले भने, ‘मान्छे समय क्रममा परीक्षण हुने हो। विवादित व्यक्तिसँग प्रतिस्पर्धा छ। जनताले विशेष ख्याल गर्नुपर्ने समय आएको छ।’

नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने चितवनकै हुन्। उनीहरूले चितवनका जनताको समस्या थाहा भएको र यसअघि जनताको समस्यामा साथ दिएको भन्दै मत मागिरहेका छन्।

कांग्रेसले आफ्नो मत सुरक्षित गर्न सके एमालेले जित्ने दावि उनको छ। यसअघिको निर्वाचनको समानुपातिक तर्फको मतमा पनि रास्वपा नै अगाडि छ। रास्वापाले ३५ हजार ९ सय ४५ मत ल्याउँदा एमालेको १६ हजार ७८४ रहेको छ।

यसरी हेर्दा रास्वपा चितवन २ मा कमजोर शक्ति होइन। तर, अहिले रवि गृहमन्त्री हुँदा विवादमा मुछिएका कारण मत घट्ने विश्लेषण अन्य पाटीको छ। यहाँ काग्रेसको समानुपातिक मत ११ हजार ९१४, माओवादीको ८ हजार ४०७, र रास्वपाको ३ हजार २ सय १८ रहेको छ। ५ महिनामै तेब्बर मतान्तर घटाउन अन्य दलहरूलाई चुनौती भने यथावत छ। आफ्नो मत संरक्षण गर्न एमालेका शीर्ष नेता चितवनमै खटिएका छन्। पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा एक महिनादेखि नै चितवनमा छन्।

कांग्रेसले आफ्नो मत सुरक्षित गर्न सके एमालेले जित्ने दावि उनको छ। यसअघिको निर्वाचनको समानुपातिक तर्फको मतमा पनि रास्वपा नै अगाडि छ।

त्यस्तै शेरबहादुर तामाङ, गोकर्ण विष्ट, पदम गिरी, पद्मा अर्याल, तिलक महत, शान्ति अधिकारी सीता पौडेल लगायतका नेताले चितवनमा आएर मत मागिरहेका छन्। नेकपा एमालेले चितवनको निर्वाचनलाई अन्य क्षेत्रमाभन्दा महत्वका साथ हेरेको छ।

यसअघि दुईपटकसम्म निर्वाचन जितेको ठाउँमा उल्टाउने दाउमा एमाले देखिन्छ। एमाले नेकपा माओवादी, नेकपा (एकीकृत समाजवादी) र कांग्रेस असन्तुष्टबाट समेत मत तान्ने प्रयासमा छ। राप्रपा, राष्ट्रिय जनमोर्चालगायतका पाटीले पनि चुनावी प्रचारप्रसार तीव्र पारेका छन्। 

प्रकाशित: ७ वैशाख २०८० ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App