७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

सोधपुछका लागि रास्वपा महामन्त्री ढकालका ड्राइभर प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अनुसन्धानका लागि लामिछानेका ड्राइभर दिलबहादुर थापासँग आइतबार राति सँगै सुतेका रास्वपा महामन्त्री मुकुल ढकालका ड्राइभर  कालुराम राजवंशीलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याइएको छ।

सोमबार बिहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको भाडाको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।

प्रकाशित: ४ वैशाख २०८० ०८:२७ सोमबार

जिल्ला प्रहरी कार्यालय चितवन मुकुल ढकाल रवि लामिछाने