४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केरुङ्गा घोललाई पर्यटकीय मार्ग बनाइने

भरतपुर महानगरपालिकाको वडा नं ११ देखि २४ को राप्ती नदीसम्म पुगेको केरुङ्गा घोललाई सौन्दर्यकरण गरी पर्यटकीय मार्ग बनाइने भएको छ।

चितवनमा 'कालो मोसो नेपाल' गठन, अध्यक्ष थापासहित तीन जना पक्राउ

शम्भु थापाको नेतृत्वमा संगठन बनाइएको हो। कार्यालय नै स्थापना गर्न लागेका अध्यक्ष थापा सहित कालो मोसो नेपालका कार्यकर्ता पक्राउ समेत परेका छन्।

भरतपुरका २९ वटै वडामा स्वास्थ्य संस्था

भरतपुर महानगरपालिकाले सबै वडामा स्वास्थ्य संस्था पु¥याएको छ। जनप्रतिनिधि आएपछि भरतपुरका २० वटा वडामा स्वास्थ्य कार्यालय थपिएका हुन्।

उपनिर्वाचनको खर्च सुनेर छक्क पर्छन चितवनका जनता

गत वैशाख १० गते भएको चितवन क्षेत्र नं. २ का उम्मेदवार सबैले खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन्। तर उम्मेदवारले पेश परेको खर्च विवरण थाहा पाएर चितवनका जनता छक्क परेका छन्।

चितवनका पशुमा लम्पी स्किन खोप लगाउन रकम अभाव

चितवनका गाई भैँसीलाई लम्पी स्किन रोगको खोप लगाउन रकम अभाव भएको छ। जिल्लामा महामारीकै रुपमा फैलिएको यस रोग नियन्त्रणका लागि बजेट नभएपछि खोप खरिद नसकिएको हो।

राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी प्रति चितवनका किसान विरोधमा

सरकारको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय प्रति चितवनका किसानले विरोध जनाएका छन् ।

नारायणगढमा पसिनै पसिना, चितवनकै इच्छाकामनामा ओढ्नु पर्छ सिरक

यस जिल्लाको तराई भूभागमा तापक्रम हिजोआज ४० डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा ३० डिग्री हाराहारी छ। पहाडी क्षेत्रमा रातको समयमा २० डिग्री हाराहारी तापक्रम रहने गर्दछ। तराईको उधुम गर्मी छल्न भन्दै यहाँका बासिन्दा अन्य जिल्लाका पहाडी क्षेत्र गइरहँदा जिल्लाकै शीतल पहाडी क्षेत्र भने ओझेलमा छ। पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ।

रासायनिक विषादीको विकल्प खोज्दै चितवनका किसान

उत्पादन बढाउन किसानले रासायनिक विषादीको प्रयोग व्यापक गरेको पाइन्छ । अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोग बिना उत्पादन गर्न नै छाडेका छन् । तर केही किसानहरुले रासायनिक विषादीको प्रयोग नगरि उत्पादन राम्रै गरिरहेका छन् ।

ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु

चितवनमा ट्रकले ठक्कर दिंदा साइकलयात्रीको मृत्यु भएको छ। राप्ती नगरपालिका ४ स्थित पूर्व-पश्चिम राजमार्गमा गए राति पौने १० बजे पूर्वबाट आउदै गरेको बा.प्र. ०३–००१ ख १८६३ न. को ट्रकले ठक्कर दिंदा साइकलमा सवार ६५ बर्से हरि पाण्डेको मृत्यु भएको हो।

चितवनमा बस्ने ४१ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर

चितवन जिल्लामा बसोबास गर्ने करिब आधा मानिसको जन्म बाहिरी जिल्ला रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले चितवनमा बसोबास गर्ने ४०.९ प्रतिशत मानिसको जन्म जिल्ला बाहिर रहेको देखाएको हो।

चितवनमा दुई हजार छ सय गाईभैँसीमा लम्पिस्किन

चितवन जिल्लामा पालिएका दुई हजार छ सय ७४ गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाका सात पालिकामा गाईभैँसीमा लम्पिस्किनको समस्या देखिएको हो।

एथलेटिक्समा चितवन च्याम्पियन

जारी दोस्रो बाग्मती प्रदेश खेलकुदमा एथलेटिक्सतर्फ कुल ३० स्वर्णमध्ये १३ स्वर्ण पदकसहित चितवन टिम च्याम्पियन भएको छ।

चितवनमा कफि खेती गर्न कस्सिए धनबहादुर

चितवन कफि खेतीका लागि त्यति प्रख्यात जिल्ला होइन। तर, चितवनका व्यवसायी धनबहादुर श्रेष्ठ कफि प्रति आफ्नो भविष्य देखेर अगाडि बढेका छन्। यतिखेर कफि खेती गर्न उनी व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्