९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी प्रति चितवनका किसान विरोधमा

सरकारको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय प्रति चितवनका किसानले विरोध जनाएका छन् । दुग्धजन्य क्षेत्रको नीति नियम बनाउने, किसान र उद्योगलाई प्रवद्र्धन गर्ने निकायलाई खारेज गरेर दुग्ध जन्य क्षेत्रलाई पछाडि पार्न लागिएको भन्दै उनीहरुले विरोध जनाएका हुन् ।  

भरतपुरमा आज पत्रकार सम्मेलन गरेर नै किसानहरुले आर्थिक वर्ष २०८०/०८१ देखि राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय फिर्ता लिन सरकारसंग माग गरे  ।

‘दुग्ध क्षेत्रको एक मात्र अभिभावक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्ध क्षेत्रलाई प्रवद्र्धन गर्न र कृषक, उद्योगीहरुको हकहितको लागि सदैब उल्लेखनीय भूमिका निभाएको छ,’ चितवन उग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले भने ‘यस्तो संवेदनशील विषयलाई नकार्दै बोर्डको खारेजी गर्न प्रस्ताव गरेकोमा संघको गम्भिर ध्यानाकषर्ण भएको छ।’ सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेज गरेर मन्त्रालय मार्फत सञ्चालन गर्ने प्रस्ताव गरेको छ । 

यस्तो अवस्थामा कृषकहरुको मन्त्रालयसंग सोझै पहुँच नहुने बगालेले बताए । राष्ट्रिय दुग्ध विकास बोर्डलाई परिमार्जन गरेर सञ्चालन गराउनुपर्ने उनको भनाई छ । नेपाल सरकारले कुनै अध्ययन नै नगरी हटाउन खोजेको उनले आरोप लगाए ।देशको कूल राष्ट्रिय आयमा ठूलो योगदान पुर्याइरहेको डेरी उद्योगको नियामक निकाय खारेजी हुनु दुःखद रहको उनको भनाई छ ।

चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पाद हुन्छ । दुई करोड रुपैयाँको शहरको पुँजी गाउँ पुर्‍याउँदै गरिब विपन्न किसानहरुको आयआर्जनमा टेवा पुराउने काम गर्दै आएको उनले बताए । देशभर एक हजार आठ सय ७२ दुग्ध उत्पादक सहकारी संस्था छन् । जसमा १२ लाख लिटर दुध उत्पादन हुने उनले जानकारी दिए । दुग्ध क्षेत्रले जि.डि.पि.मा ९ प्रतिशत योगदान दिँदै आएको बताईन्छ ।  

प्रकाशित: २५ जेष्ठ २०८० १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App