२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

खाल्लेमा पहिलोपटक बस पुग्दा...

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट बस लिएर आहाले पुगेका चालक र सहचालकलाई खाल्लेवासीले अबिर र खादाले स्वागतसमेत गरेका थिए।

सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

अर्घाखाँचीका कुना–कन्दरामा बस

भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्।

दुर्घटनामा सहचालकको मृत्यु : सबै यात्रु सकुशल

लकडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस  दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नंको ट्र्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो।

डोजर पल्टिँदा सहचालकको मृत्यु

जिल्लाको खाँडाचक्र नगरपालिका– ५ बिहानीखोलामा आज बिहान डोजर पल्टिँदा दैलेख ठाँटिकाधका सहचालक भरतबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

सहचालकले चलाएको बस दुर्घटना, पाँचजना घाइते

स्थानीय भीम तामाङको अनुसार बस सहचालकले चलाएका थिए। तामाङ आफै पनि बसमा सवार थिए, तर बस सहचालकले चलाएपछि श्रीमतीसहित तामाङ बसबाट केही पहिले ओर्लिएका थिए। ‘दुर्घटनास्थल भन्दा एक किलोमिटर तलै ओर्लिएको थिए’, उनले भने, ‘ओर्लिएको केही बेरमा नै बस दुर्घटनामा परेछ।’

करेन्ट लाग्दा सहचालकको मृत्यु

नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ।

चालक तथा सहचालकलाई ‘चाइना पास’ दिन सुरु

चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकलाई चीन प्रवेशका लागि अस्थायी अनुमति पत्र दिन सुरु भएको छ। लामो समयदेखि पहल थालिएको भए पनि सोमबारदेखि औपचारिक रूपमा प्रवेश अनुमति पत्र दिन सुरु गरिएको हो। सोमबार चिनियाँ पक्षले सन्तबहादुर वाइबालाई पहिलो पटक पास उपलब्ध गराएको हो।

माइक्रोबस चालक–सहचालकलाई ड्रेस अनिवार्य

काठमाडौं उपत्यकामा सञ्चालित माइक्रोबस चालक र सहचालकलाई शनिबारदेखि ड्रेसकोड अनिवार्य गरिएको छ ।

बसबाट खसेर सहचालकको मृत्यु

रुपन्देहीको सैनामैना नगरपालिका ९ बाँसगढीमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने ४ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्