२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु १ च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ  बडिगाड -९ का १८  वर्षीय  किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

दुर्घटनामा परी जीप चालक  बडिगाड-९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन्। उनको थप उपचारको लागि आज बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ।

जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए।

दुर्घटना हुँदा जीप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ। ‘ब्रेक फेल’ भई जीप दुर्घटना हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ। रासस

प्रकाशित: १४ वैशाख २०८० ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App