७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

क्रेनले लियाे सहचालकको ज्यान

मकवानपुरको हेटौंडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्वपश्चिम सडक खण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना १ क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिंदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटाैंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको  प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले  बताए।

क्रेनले च्यापिएको अवस्थामा  रहेका उनलार्ई स्थानीयवासीको सहयोगमा निकालिएको थियो।

पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको उनले जानकारी दिए।

प्रकाशित: ९ कार्तिक २०८० ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App