१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

अर्घाखाँचीका कुना–कन्दरामा बस

पहिलोपटक गाउँमा बस पुगेपछि हर्षित अर्धाखाँचीको साम्नेगाउँका स्थानीय । तस्बिर: लक्ष्मण घिमिरे/नागरिक

भूमिकास्थान नगरपालिकाको साम्नेगाउँमा पहिलोपटक बस पुगेको छ। भूमिकास्थान–१, साम्नेगाउँको छेडापोखरीमा आइतबार लु२ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीय खुसी भएका छन्। स्थानीयले बाजागाजा सहित छमछमी नाचेर बसचालक तथा सहचालकलाई फूलमाला र अबिर लगाई स्वागत गरेका थिए।

प्रदेश सरकार र भूमिकास्थान नगरपालिका, वडा नम्बर १ को बजेटबाट बाटो स्तरोन्नति भएपछि त्यहाँ बस पुगेको हो। साना सवारी साधन गइरहे पनि बस पहिलोपटक पुगेको हो। वडा नम्बर २ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बाटोको उद्घाटन गरेका थिए।  

२०६१ सालमा स्थानीयले कोदालोले ट्र्याक खनी जिप सेवा सञ्चालन भएको साम्नेगाउँमा १५ वर्षपछि बस पुगेको हो। यो बस सेवाबाट भूमिकास्थानको वडा नम्बर १ का डाँडा, धपखोला, छेडापोखरी, बगैंचा, साम्नेगाउँ, ओखटे र प्युठानको मल्लरानी गाउँपालिका, वडा नम्बर २ को सिउते, सिउँडेनी र बागखोरका जनता प्रत्यक्ष लाभान्वित हुनेछन्।

प्रकाशित: १८ फाल्गुन २०७७ ०४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App