६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

विगतमा सरकारमा जानु हाम्रो गल्ती थियो, अब सत्ता केन्द्रीत राजनीति कहिल्यै गर्दैनौंः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश लुट्न राष्ट्रिय सहमति भएको बताएका छन्। पार्टीको मेची महाकाली अभियान अन्तर्गत शनिबार बागलुङ भएको आमसभामा बोल्दै थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ब्रह्मलुट मच्चाएको आरोप लगाए।

निर्मला पन्तका हत्याराको संरक्षण सरकारले नै गरेको छः नेता गजुरेल

निर्मला हत्यापछि पनि धेरै घटनाहरु घट्नुमा सरकारी उदासिनता जिम्मेवार रहेको वक्ताहरुले ठहर गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को आयोजनामा 'बढ्दो महिला हिंसा र यसको निकास' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले शक्ति र कानूनको दुरुपयोग नर्गन चेतावनीसमेत दिएका छन्।

नयाँभन्दा पुरानै योजनालाई निरन्तरता

चार वर्षभित्र बहुआयामिक गरिबी १४ दशमलव दुई प्रतिशतबाट सात प्रतिशतमा झार्ने, पोखरा–काठमाडौं–लुम्बिनीलाई गौतम बुद्ध स्वर्णिम त्रिकोणको रूपमा विकास गर्ने लक्ष्य।

मनमौजी स्थानीय सरकार

लहान नगरपालिकाको दोस्रो नगरसभाले पारित गरेको बजेटबाट वडा नम्बर ४ र २० का लागि विनियोजित बजेट नगरप्रमुखले रोकेको छ।

'५ लाखलाई रोजगारीको कार्यक्रम खोई?'

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

छाया अर्थमन्त्रीको प्रश्नः भ्रष्टाचार नियन्त्रण खोई, ५ लाखलाई रोजगारीको कार्यक्रम खोई?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्।

स्थानीय सरकारका प्रमुखबाट पत्रकार असुरक्षित

मेयर चौधरीले आठ वर्षअघि विराटनगरमा पर्शुराम बस्नेतको आदेशमा पत्रकार खिलानाथ ढकालको नाक भाँच्नेलाई केही नभएकाले आफूले पनि त्यही गर्ने भन्दै पत्रकार अनुपमलाई धम्की दिएका थिए।

प्रकाशमानको प्रश्नः धरहरा र रानीपोखरी बनाउन नसक्ने सरकारले ठूला कुरा गर्न सुहाउँछ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आकार बढे पनि सरकारले ल्याएको बजेट फितलो भएको आरोप लगाएका छन्।

इटहरीका मेयरलाई कारवाही गर्न सांसदको माग

प्रतिनिधिसभाका सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीमाथि कारवाही गर्न माग गरेका छन्।

सांसदको गुनासो : शून्य समयमा उठेका विषय सरकारले सुनुवाई गरेन

सांसदहरुले शून्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शून्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन्।

यस्ता छन् प्रदेश सरकारका योजना

कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै र प्रदेशमा सुरुङमार्ग बनाउने लगायतका महत्वाकांक्षी योजनाहरु पनि घोषणा गर्ने गरी प्रदेश १ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।

मानव संशाधनको विकास उच्च प्राथमिकताः खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशाधनको विकासमा जोड दिएको बताएका छन्। अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे।

सरकारी अस्पताल अस्तव्यस्त, निःशुल्क सेवा नारामै सीमित

पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधा अभाव छ। पूर्वाधार पर्याप्त भएका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकेका छैनन्।

कम्युनिस्ट सरकारले देश नै डुबाउन लाग्योः नेता लेखक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाइडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको आरोप लगाएका छन्। उनले भने, ‘देशको वाइडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्