१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कोशी र कमला नदीमा माघी नुहाउनेको भीड

हिन्दू धर्मावलम्बीले मनाउने मकर सङ्क्रान्ति पर्वको अवसरमा आज सप्तकोशी नदीमा नुहाउने (स्नान) गर्नेको भीड लागेको छ।  आजको दिन नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास रहेको छ।

आज माघे संक्रान्ति ! पानी पर्ला त ?

आज माघको पहिलो दिन । यानिकी माघे संक्रान्ति । आम सर्वसाधारणहरुको एउटा बुझाई छ, माघे संक्रान्तिमा सधै पानी पर्छ । त्यसो त आइतबार साँझको आकासले राजधानीमा पनि त्यसको छनक दिदै थियो । तथापी राती अवेरसम्म पानी परेन ।

सुदूरपश्चिममा ‘माघेत्यार’को रौनक

हिन्दू धर्मालम्बीहरुले मकरसंक्रान्ती (माघेसंक्रान्ती) पर्व धुमधामका साथ मनाइरहेका छन्। सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ।

माघे संक्रान्तिमा नुवाकोटमा ४० हल गोरु जुध्ने

माघे सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तीन ठाउँमा गोरु जुधाई मेला हुँदैछ। जिल्लाको विशेष गरी तारुका, बेत्रावती र पञ्चकन्यामा गोरु जुधाई मेला हुने गरेको छ। यस वर्ष तीनै ठाउँमा गरी ४० हल गोरु प्रतिस्पर्धाको मैदानमा उत्रने भएका छन्।

माघी पर्वको चहलपहल शुरु

कैलाली र कञ्चनपुरका थारु समुदायको प्रमुख चाडका रुपमा रहेको माघी पर्वको चहलपहल शुरु भएको छ। माघी पर्व नजिकिएसँगै त्यस क्षेत्रका थारु समुदायमा माघी पर्वको चहलपहल शुरु भएको हो । थारु समुदायमा नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने माघी पर्वमा मिठो मसिनो खाने, नयाँनयाँ लुगा लगाउने, आआफ्नो समूहका दौतरी साथीभाइसँग रमाउनेलगायतका विभिन्न नाचगान गर्ने चलन रहेको छ।

माघीमा थारु परिकार

नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् ।

माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई उत्थान गर्न माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ ।

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

माघे संक्रान्तिका लागि तरुल खन्न सर्लाहीका किसानलाई भ्याई नभ्याई भएको छ। जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवा लगायत स्थानमा तरुल खेती हुने गरेको छ। सातायता उक्त क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई विक्री गर्न अथवा आफै काठमाडौं, पोखरा लगायत प्रमुख शहरहरुमा लैजान व्यस्त बनेका छन्। उक्त क्षेत्रमा सातायता खेतहरुमा जताततै तरुल खनेको दृष्यमा मात्र देखिन्छ।

खो खो माघको पहिलो साता

राखेप च्याम्पियनसिपअन्तर्गत खो खोको राष्ट्रिय प्रतियोगिता माघको पहिलो साता रूपन्देहीमा हुने भएको छ ।  नेपाल खो खो संघले सोमबार जनाएअनुसार माघ ३ देखि ५ गतेसम्म प्रतियोगिता रूपन्देहीको कञ्चन गाउँपालिकास्थित गुराँस खेलमैदानमा हुने भएको छ ।

माघमा सर्यो कामना अवार्ड

आगामी पुस २२ गते तय गरिएको ‘कामना फिल्म अवार्ड’ माघ १६ गते हुने भएको छ । सिने मासिक पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्न लागेको तेस्रो संस्करणको यो अवार्ड प्राविधिक कारणले माघ १६ गते सारिएको आयोजक कामना सिने मासिकले जनाएको छ ।

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

माघे संक्रान्तिको अवसरमा नेपथ्यको लाइभ कन्सर्टको आयोजना हुने भएको छ । आगामी सोमबार चितवनमा देवघाट सांगीतिक व्यान्ड नेपथ्यले कन्सर्टको आयोजना गर्ने भएको छ । ‘नेपथ्य व्यान्डले नेपाली संगीतमा छुट्टै पहिचान बनाइसकेको छ । त्यसैले माघे संक्रान्तिको अवसर पारेर नेपथ्यको लाइभ कन्सर्टको आयोजना गर्दैछौं,’कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने ।

माघको पहिलो साता नयाँ सरकार : सचिव ज्ञवाली

नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले माघको पहिलो साताभित्रै वामगठबन्धनको सरकार निर्माण हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले बिहीबार भक्तपुरमा गरेको साक्षात्कारमा सचिव ज्ञवालीले योे समय सीमामा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन्। सरकार गठन लगत्तै पार्टी एकिकरण हुने दाबी पनि उनले गरे।

मन्डला थिएटरले माघी पर्व मनाउने

मण्डला थिएटर नेपालले यस वर्ष माघी पर्व मनाउने भएको छ । माघी पर्व सामान्यतया हिन्दु धर्मावलम्बीले मकर संक्रान्तीको रुपमा मनाउँदै आए पनि थारु समुदायले यस पर्वलाई विशेष रुपले मनाउँदै आएको छ ।

सरकारी सिटामोल उत्पादन माघदेखि

सरकारको स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले माघको दोस्रो हप्तादेखि सिटामोल उत्पादन सुरु गर्ने जनाएका छ । सिटामोल उत्पादनसँग प्रत्येक महिना एक–एक नयाँ औषधि गरी आठवटा उत्पादन थप्ने लिमिटेडले घोषणा गरेको छ ।

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ। लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्