१९ असार २०८१ बुधबार
image/svg+xml
कला

माघे संक्रान्तिमा नेपथ्यको लाइभ कन्सर्ट

चितवन- माघे संक्रान्तिको अवसरमा नेपथ्यको लाइभ कन्सर्ट आयोजना हुने भएको छ। आउँदो माघ १ गते चितवनको नारायणगढमा सांगीतिक व्यान्ड नेपथ्यले कन्सर्टको आयोजना गर्ने भएको हो।     

‘नेपथ्य व्यान्डले नेपाली संगीतमा छुट्टै पहिचान बनाइसकेको छ। त्यसैले माघे संक्रान्तिको अवसर पारेर नेपथ्यको लाइभ कन्सर्टको आयोजना गर्दैछौं,’ कार्यक्रम आयोजक दाताज इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरेले भने।

आयोजकले करिब १० हजार टिकट बिक्री हुने अपेक्षा गरेको छ। आयोजकले टिकटको मूल्य पाँच सय र एक हजार तोकेको छ। कार्यक्रमको प्रचारका लागि अयोजकले चितवन, नवलपुर, मकवानपुर र तनहूँलगायत क्षेत्रमा प्रचार टूर गर्दैछ।

प्रकाशित: १३ पुस २०७४ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App