१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

खो खो माघको पहिलो साता

काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत खो खोको राष्ट्रिय प्रतियोगिता माघको पहिलो साता रूपन्देहीमा हुने भएको छ । 
नेपाल खो खो संघले सोमबार जनाएअनुसार माघ ३ देखि ५ गतेसम्म प्रतियोगिता रूपन्देहीको कञ्चन गाउँपालिकास्थित गुराँस खेलमैदानमा हुने भएको छ । 

पाँच विकास क्षेत्रका साथै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको सहभागिता रहने प्रतियोगिताको पुरुष र महिला दुवैतर्फ ६/६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

अर्को वर्ष काठमाडौंमा हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि यही प्रतियोगिताबाट खेलाडी छनोट गरिने संघका महासचिव सानुराजा शाक्यले जनाएका छन् ।

 

प्रकाशित: २५ पुस २०७४ ००:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App